एसीड प्रहार गर्नेविरुद्ध कडा कानुन बन्दै : १५ दिनमा मस्यौदा गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । नेपालमा एसीड आक्रमणका दोषीलाई कारबाही गर्न कडा कानुन बन्ने भएको छ।
एसीड पीडितको माग अनुसार प्रधानमन्त्री केपी ओलीले अध्यादेश मार्फत् नयाँ कानुन बनाउने बताएका हुन्।
प्रधानमन्त्री ओलीले बिहीबार नै १५ दिनभित्र कानुनको मस्यौदा बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।
‘पीडितको माग अनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गर्नुभएको छ’, छलफलपछि प्रधनमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यस निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ।’
एसीड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनुपर्ने माग गर्दै पीडित समूहले गरेको कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिएका हुन्।
नयाँ कानुनमा अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने छ।
प्रधानमन्त्री ओलीले एसीड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने , पीडितको सम्पूर्ण खर्च सरकारले गर्ने घोषणासमेत गरेका छन्।
एसीड आक्रमणकापछि पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने आश्वासनसमेत प्रधानमन्त्री ओलीले दिएका छन्। पढाइबाहेक अन्य तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने उनको भनाइ छ।
प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिनेसमेत बताएका छन्। ओलीले हरेक वर्ष सेप्टेम्बर १० लाई एसीड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न आह्वानसमेत गरेका छन्।
‘सभ्य समाज निर्माण गर्न सरकारले एसीड आक्रमणका घटना नै हुनै दिँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने छ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












