सम्झना हत्या प्रकरण : बलात्कारपछि त्रिशूलले रोपेर हत्या
काठमाडौँ। असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ वर्षीया सम्झना विकको बलात्कार पछि हत्या भयो ।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सम्झनाको पहिले बलात्कार र त्यपछि मन्दिर भित्र रहेको त्रिशूलले रोपेर हत्या गरेको निष्कर्ष निकालेको छ ।
प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय १८ वर्षीय किशोर राजेन्द्र बोहोराको बयान र अन्य प्रमाणका आधारमा सम्झनाको बलात्कार पछि त्रिशूलले रोपेर विभत्स हत्या भएको निष्कर्ष निकालेको हो ।
अहिले राजेन्द्रमाथि जबरजस्ती करणी र ज्यान मुद्दा दर्ता भइसकेको छ । घटना लगत्तै अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले भने, ‘हामीले घटनाको जानकारी पाएलगत्तै सुक्ष्म अनुसन्धान गर्यौं र घटनाको दोषीलाई तत्काल पक्राउ गर्न सफल भयौं । अनुसन्धानका क्रममा पक्राउ परेका अभियुक्तले पहिले बलात्कार र त्यसपछि ढुंगा प्रहार र त्रिशूलले रोपेर हत्या गरेको स्वीकारेका छन् ।’
डीएसपी खड्काका अनुसार प्रहरीले घटनास्थलबाट त्रिशूल समेत बरामद् गरेको थियो । राजेन्द्र यसअघि पनि बलात्कार, चोरीलगायत आपराधिक घटनामा मुछिइसकेका व्यक्ति हुन् ।
कसरी भएको थियो घटना ?
असोज ७ गते बुधबार दिउँसो करिब १२ बजे बझाङको मस्टा गाउँपालिका–२ की सम्झना विकले परिवारसँगै बसेर खाना खाएकी थिइन् । खाना खाएपछि सम्झना घरभन्दा करिब आधा घण्टाको पैदल दूरीको गोठमा वस्तुभाउलाई घाँसपानी गर्ने भन्दै गएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी खड्काका अनुसार उनी गोठ नपुग्दै बीच बाटोमै अपहरणमा परिन् ।
डीएसपी खड्काले भने, ‘अपहरण लगत्तै उनलाई नजिकैको मन्दिरमा लगेर बलात्कार गरियो । बलात्कार पछि उनीमाथि ढुंगा प्रहार र त्रिशूलले रोपेर विभत्स हत्या गरियो ।’
सम्झनाको धारिलो हतियारले टाउको र शरीरमा काटेर हत्या गरेको अवस्थामा मन्दिरभित्र शव फेला परेको थियो । प्रहरीले सम्झनाले घरबाट लगेको डोको नाम्लो र हँसिया सिमदेवताको मन्दिर नजिकै फेला पारेको थियो ।
बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झनाको घटना घटेको आठ दिनपछि दाहसंस्कार गरिएको छ । प्रहरीले राजेन्द्र बोहरालाई आरोपीका रुपमा सार्वजनिक गरेपछि बल्ल जिल्ला अस्पतालमा राखिएको बालिकाको शव आफन्तले बुझेका हुन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











