एकलाख दिएर बुबाले नै छोरीको हत्या गर्न लगाए
काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका २ लक्ष्मीनिया कुरुनीया बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने इस्लाम अंसारी, ३६ वर्षीय शेख इम्प्ताज, मृतकका बाबु माधवनारायण नगरपालिका ७ लौकाहा टोल बस्ने ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सीतादेवी साह, परोहा नगरपालिका ४ बस्ने ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका –२ लक्ष्मीनिया कुरुनीया बस्ने कैमलु देवान रहेका छन् ।
माइतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा चर्पी गएको बेलामा ४–५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले कात्तिक २६ गते अमृतामाथि गोली प्रहार गरि हत्या गरेका थिए ।
अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय युवकसँग मृतकको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको भए पनि परिवारको दबावमा ०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका ३ मा विवाह भएकोमा उनका पतिलाई छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भएपछि अमृता माइती आइ बसेको र ०७७ साल असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएको खुलेको छ ।
त्यसपछि अमृता र उनको प्रेमी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार नरहेको र छोरी पक्राउ परे इज्जत समेत जाने र समाजबाट अपहेलित हुनपर्ने डर भएकोले मृतककै बाबु रामअयोध्या साह समेतले भारतमा उपचारको लागि लगेर मार्न बनाएको योजना बनाएको खुलेको छ ।
प्रहरीका अनुसार भारतमा मार्ने योजना असफल भएपछि पुनः अभियुक्त कैमलु देवानलाई १ लाख रुपैयाँ दिइ गोली हानी अमृताको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । उनीहरूविरुद्ध रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











