राजपुर बमकाण्डका नाइके कांग्रेस सांसद आलमका भाई पनि समातिए
काठमाडौं । कुख्यात राजपुर हत्याकाण्डमा संलग्न अफताब आलमका भाईलाई महताफ आलमलाई प्रहरीले पक्राउ गरेको छ।
हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका अफ्ताब प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हुन्।
वि.सं. २०६४ चैत २७ गते संविधान सभाको अघिल्लो दिन चुनाव भाँड्ने प्रयोजनका लागि अफताबकै निर्देशनमा उनका काका शेख इद्रिसको गोठमा बनाइएको बम विस्फोट भएको थियो।
हालको राजपुर नगरपालिका-४ (साविक राजपुर गाविस-४) स्थित आलमका काका शेख इद्रिसको गोठ गराएको सो विस्फोटमा परी यमुनामाई गाउँपालिका-४ (साबिक सरुअठा ४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) ओसी अख्तर घाइते भएका थिए। घटनाको रहस्य खुल्ने डरले घाइतेहरूलाई ट्रकमा हालेर इटाभट्टामा हाली जलाइएको थाहा भैसकेको छ।
सो घटनाका मूख्य योजनाकार सांसद आलमलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो। उनका भाइ महताफलाई पनि प्रहरीले घटना घटेको १३ वर्षपछि पक्राउ गरेको हो।
महताफलाई समात्न भारतीय प्रहरीसँग समन्वय गरिएको नेपाल प्रहरीका अधिकारीहरूले जानकारी दिएका छन्। प्राप्त जानकारीअनुसार पक्राउ परेका महताफलाई रौतहटमा ल्याइएको छ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












