राजपुर बमकाण्डका नाइके कांग्रेस सांसद आलमका भाई पनि समातिए
काठमाडौं । कुख्यात राजपुर हत्याकाण्डमा संलग्न अफताब आलमका भाईलाई महताफ आलमलाई प्रहरीले पक्राउ गरेको छ।
हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका अफ्ताब प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हुन्।
वि.सं. २०६४ चैत २७ गते संविधान सभाको अघिल्लो दिन चुनाव भाँड्ने प्रयोजनका लागि अफताबकै निर्देशनमा उनका काका शेख इद्रिसको गोठमा बनाइएको बम विस्फोट भएको थियो।
हालको राजपुर नगरपालिका-४ (साविक राजपुर गाविस-४) स्थित आलमका काका शेख इद्रिसको गोठ गराएको सो विस्फोटमा परी यमुनामाई गाउँपालिका-४ (साबिक सरुअठा ४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) ओसी अख्तर घाइते भएका थिए। घटनाको रहस्य खुल्ने डरले घाइतेहरूलाई ट्रकमा हालेर इटाभट्टामा हाली जलाइएको थाहा भैसकेको छ।
सो घटनाका मूख्य योजनाकार सांसद आलमलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो। उनका भाइ महताफलाई पनि प्रहरीले घटना घटेको १३ वर्षपछि पक्राउ गरेको हो।
महताफलाई समात्न भारतीय प्रहरीसँग समन्वय गरिएको नेपाल प्रहरीका अधिकारीहरूले जानकारी दिएका छन्। प्राप्त जानकारीअनुसार पक्राउ परेका महताफलाई रौतहटमा ल्याइएको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












