शेष घलेको भाई हुँ भन्दै, ठगी धन्दा चलाउने गमबहादुर समातिँदै
काठमाडाैँ । खर्बपति शेष घलेको भाइको हवाला दिँदै धेरै जनासँग करोडौं ठग्दै हिँडेका गमबहादुर लामिछाने अन्ततः प्रहरी खोरमा जाकिने भएका छन् ।
देशी र विदेशीलाई विभिन्न प्रलोभनमा ठग्दै हिँडेपनि प्रहरीले खासै कारबाही गर्न नसकेका लामिछानेले बिदेशीबाट कब्जा गरिएको घर जग्गा फेरि फेरि सेन्ट्रल र सिभिलजस्ता फाइनान्स र बैंकमा धितो राख्दै कतै दुई,कतै सवा छ करोड लोन निकालेर मस्ती मार्दै हिंड्ने धन्दामा रोक लगाउने काठमाडौं जिल्ला अदालतको गत साताको आदेशपछि आफूलाई सक्कली घरधनीको उजुरीअनुसार प्रहरीले समात्नसक्ने भन्दै निषेधाज्ञाको मागसहित माघ ८ गते उच्च अदालत पाटन पुगेका थिए । सबै सेटिङ्ग मिलाएर त्यता गएका लामिछाने त्यतिबेला झल्याँस्स भए जतिबेला हिजो बिहीबार अदालतको आदेश आयो ।
न्यायाधीशद्वय लोहितचन्द्र शाह र जगतबहादुर थापाको संयुक्त इजलासले दिएको आदेशअनुसार अब लामिछानेलाई जुनसुकै बखत प्रहरीले पक्राउ गर्ने बाटो झन् स्पष्टसँग खुलेको छ । आदेशमा ‘रिट निवेदकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ र २ बाहेक देवानी दायित्वको विषयमा प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्म पक्राउ नगर्नु नगराउनु’ भनिएको छ ।
कानुन व्यवसायीहरूका अनुसार अनुसूची १ र २ मा फौजदारी मुद्दाअन्तर्गत संगठित अपराध,चोरी डकैती,ज्यानमारा,आपराधिक लाभ प्राप्त गर्ने अन्य मुद्दाहरू,ठगीलगायतका सरकारवादी अपराधी मुद्दाहरू पर्छन् । आदेशमा अनुसूची १ र २ बाहेक अन्य कारोबारमा नसमात्नु भन्नुको अर्थ अपराधिक मानसिकताका ठगी या अन्य जेसुकै धन्दामा चाहिँ नछोड्नु भनेको हो । उनीहरूका अनुसार त्यो भनेको एक किसिमले बिदेशीले आफ्नो नाममा चल अचल सम्पत्ति किन्न पाउँदैन,अहिले मेरो नाममा पास गरेर एक हप्तापछि नामसारी गरिदिन्छु भन्ने सम्झौता कार्यान्वयन नहुँदा ठगीअन्तर्गत समातेर कार्वाही चलाउने अधिकार पुलिसलाई दिइनु हो । गमबहादुरले बिदेशी दम्पत्तिको छ करोड असी लाख लिएर घर मात्र आफ्नो बनाएनन् उल्टो डेढ बर्षदेखि अनेक थरी दु:खसमेत दिदै आए । फाइनान्सका सिइओहरुसङ्गै सिध्दार्थ बैंकको शून्य मौज्दातवाला खाता (ग्वार्कोको बिएण्ड्बी शाखा) बाट दुई करोड ९५ लाख डेढ करोड परिमाणका बाउन्स चेक भिडाउन पछि परेनन् । उनीबिरुध्द यस्ता केस अहिले दरवार मार्ग चौकीमा अनेक छन् ।
अदालतले निषेधाज्ञा माग गरिएको लामिछानेको निवेदनमा प्रत्यक्ष बुझिने गरी अन्तरिम आदेश दिँदा वा नदिँदा लफडा हुने भएपछि बीचको बाटो अपनाएको देखिन्छ । काठमाडौं जिल्ला अदालतको आदेशलाई नाघेर रजगज गर्ने बाटो खुल्ला राख्ने उद्देश्यसहित उच्च अदालत पुगेका गमबहादुर उल्टै फसेका हुन् । अब विगतको आपराधिक ठगी तथा लाभको केसमा प्रहरीले गमबहादुरलाई जुनसुकै बेला पक्राउ गर्न बाटो खुलेको बताइन्छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












