रंगे हात भेटिएका बलत्कारी काठ ब्यबसायी फडिन्द्र प्रहरी हिरासतमा
धरान । पुर्ब श्रीमतिलाई इच्छाबिपरित जबजस्ती करणी बलत्कार गरेका धरान वार्ड न. १५ बरगाछि मिलन चोक बस्ने काठ ब्यबसायीलाई इलाका प्रहरी कार्यालय धरानले प्रकाउ गरी हिरासतमा राखेको छ ।
गत बिहीबार बिहान ६ बजेको समयमा धरान १५ बरगाछि पुर्ब मिलन चोक स्थित पुर्ब श्रीमतिलाई लक्षार पछार पारी ५२ बर्षिय भोजराज थापा (फडिन्द्र) क्षेत्रीले बलत्कार गरेको हुनाले घटना स्थलबाट नै अपराधी थापालाई प्रकाउ गरी नियन्त्रणमा लिएको इलका प्रहरी कार्यालय धरानका नायब उपरिक्षक नरेन्द्र कुवँरले जानकारी दिएका छन् ।
किटानी जाहेरी पछि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान समेत जारी राखिएको उपरिक्षक कुवँरले बताए । दोस्री श्रीमतिको घरमा ज्वाईघर भएर ससुरालीमा नै बसेर ससुरालीले बनाएको घर, सम्पति तथा फर्निचर हाउस समेत कुमल्यादै अर्की श्रीमति ल्याउने तयारीमा रहेकोले यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय हुनु पर्ने महिला सहयोगी सन्जालकी सदस्य सीता राईले बताईन् ।
प्रत्यक्ष दर्शीका अनुसार छोरा छोरीहरु अर्को कोठामा सुतिरहेको अबस्थामा यो घटना भएको छ । जब आबाज आयो अनि आएर हेर्दा त भिनाजुले दिदीलाई लडाएको , कपडा च्यातिएको र भिनाजुको सर्ट खोलेको अबस्था र पेन्टको चेन समेत नलाएको अबस्था देखियो र के गरेको भन्दा तँ भतुँईलाई मार्छु भनेर चक्कु बोकेर झम्टनु भयो अनि मैले हल्ला गरेर जोगाउन सकियो भन्छिन् सम्झाना कार्की ।
घटनाको प्रकृति हेर्दा र प्रहरीले गरेको स्थलगत मुछुल्काबाट पनि जबजस्ती करणी गरेको देखिन्छ । पिडित महिलाले लगाएको भित्री बस्त्र च्यातिएको, यौनाङमा चोटपटक लागेको, बाहिरी कपडा सुरुवाल समेत च्यातिएको हुदा पिडित महिलाले आफनो रक्षाका लागि बल प्रयोग गरेको समेत देखिएको छ । आबश्यक प्रमाण कपडा समेत बरामत गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । राजकाष्ठ फर्निचर सन्चालन गरेका फडिन्द्र थापाले पैसाको बलले जे पनि गर्छु भन्दै पिडित महिलालाई पटक पटक यातना समेत दिएको महिला सहयोगी समुहकी अध्यक्ष बिमला मल्ल ठकुरीले बताईन् ।
ती बलत्कारी थापाले बाहिरी केटी राखेर डिभोर्स समेत छलफल कपटबाट गराई अन्याय गरेको हुनाले हामी ति पिडित महिलाको तर्फबाट न्याय दिलाउन लागि परेको बताउनु भयो । प्रहरीले यस्ता जघन्य घटनालाई कमजोरी मिसील नबाउन समेत आग्रह गरेका छौ तसर्थ ५० बर्ष पुगेकी १ जना छोरी र २ छोरा छोराको सन्तान भएकी पिडित महिलालाई घरबार बिहिन बनाएको हुनाले यस तर्फ पनि सबै समाज, प्रसाशन र जनप्रतिनिधीहरुलाई उनको जिउने बाच्ने अधिकारलाई सुनिश्चित गरिदिनु आग्रह समेत गर्दछौ ।
पहिलो श्रीमति समेतलाई दुःख दिएर दोस्रो श्रीमतिलाई बसिरहेको घरबाट निकालेर अर्कि हुनेवाला श्रीमति भित्राउने तयारीमा रहेको महिला समुहको ठहर छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











