शेष घलेका नक्कली भाइ गमबहादुर धरौटी तिर्न नसकेपछि जेल चलान
डेराको बास,स्कुटीको सवारी,ठाउँ ठाउँमा श्रीमती,खाडीबाट केही पैसा कमाएर फर्केको तर घर लमजुङ घनपोखरा भएकै नाताले बिक थर बदलेर आफूलाई डलर अर्बपति शेष घलेको भाइ भनी दुनियाँ ठग्दै हिँडेका गमबहादुर लामिछाने अन्ततः कारागारको चिसो छिँडीमै फर्कन बाध्य भएका छन् ।
हाल भक्तपुर (जन्मथलो रामेछाप) बस्ने र बागबजारस्थित यौटा सहकारीका अध्यक्ष श्रीबहादुर खड्कालाई बैंकमा सुको बचत नभएको ५ करोडको चेक भिडाएर ८ महिनादेखि डिल्लीबजार कारागारमा मस्तीको जिन्दगी बिताउँदै आएका उनै लामिछाने आज जिल्ला अदालत काठमाडौंमा एक अर्कै ठगी मुद्दाअन्तर्गत साढे ३ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल फिर्ता भएका हुन् ।फुटेको कौडी नहाली चिनियाँ व्यवसायीको व्यवसाय र निवास नै चिल्लिबिल्ली बनाएर कागजमा करोडपति बन्दै आएका गमबहादुर को केही लाख खुवाई अन्ततःभित्रबाट सेटिङ्गमा सिन्धुपाल्चोकको पाखोबारी धितो राखेर छुट्ने सपना सखाप पार्न बाध्य भएका हुन् ।
ठग लामिछानेको खातामा रकम जम्मा गर्ने,उनीसँग कारोबार गर्नेहरुलाई समेत अदालतमा उपस्थित गराएर बयान लिइएको चिनियाँ नागरिकका कानुनी परामर्शदाता अधिवक्ता बद्रिप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
हिजो र आज जिल्ला अदालत,काठमाण्डौमा उपस्थित गराएर उनको बयान लिइएको थियो । त्यसपछि भएको थुनछेक बहसपश्चातको आदेशमा साढे ३ करोड रुपैयाँ धरौटी मागिएको हो । चिनियाँ ब्यापारीलाई भने उनले साढे एघार करोड ठगेको लिखित,मौखिक प्रमाणका ढड्डा छन् ।
चिनियाँ नागरिक चाङ चिनसियाङको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी गमबहादुर लामिछाने भएको मुद्दामा ११ करोड ५० लाख रुपैयाँ ठगीको आरोप लगाइएको छ । ठग लामिछानेको खातामा रकम जम्मा गर्ने,उनीसँग कारोबार गर्नेहरुलाई समेत अदालतमा उपस्थित गराएर बयान लिइएको चिनियाँ नागरिकका कानुनी परामर्शदाता अधिवक्ता बद्रिप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
बयानको क्रममा उनीहरु सबैले गमबहादुरले धेरैलाई ठगेको लिखित बयान दिएका छन् । जाहेरकर्ता चिनियाँ नागरिकको तर्फबाट सरकारी वकिल कार्यालयका वकिलहरुले बहस गर्नुभएको थियो । हिजो प्रक्रिया नसकिएकाले गमबहादुरको ठगीबारेको बहस र आदेश आज जारी भएको हो ।
ठगीप्रति न्यायालय विश्वस्त भएको अवस्थामा र ठगको उद्देश्य गम्भीर प्रकृतिको देखिएमा मात्र यति ठूलो रकमको धरौटी रकम माग गर्ने प्रचलन छ ।
ठगको तर्फबाट कानुन व्यवसायीहरु जगदीश बम र अकलबहादुर कुँवरलगायत चार जना कानुन व्यवसायीले बहस गर्नुभएको थियो । सबैको बहस, साक्षीहरुको लिखित बयान र प्रमाणको आधारमा अदालतले साढे ३ करोड धरौटी मागेको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘अपराधिक विश्वासघातसम्बन्धी कसुर मुद्दामा प्रतिवादी गमबहादुर लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम ३ करोड ५० लाख रुपैयाँ धरौट माग गर्नुका साथै उक्त धरौट दिन नसके ऐ. संहिताको दफा ६८ (२) बमोजिम थुनुवा पुर्जी दिई कानुनबमोजिमको सिदा खान पाउनेगरी मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएकोमा उक्त धरौट बुझाउन नसक्ने भनी निज प्रतिवादी गमबहादुर लामिछानेले कागज समेत गरी दिएको हुँदा निजलाई कानुनबमोजिमको सिदा खान पाउने गरी कारागार कार्यालयमा थुनामा राख्न पठाइएको छ ।’
ठगी मुद्दामा यति धेरै रकमको बिगो तिराउन जिल्ला अदालतबाट सितिमिति आदेश नहुने कानुन व्यवसायीहरु बताउँछन् । ठगीप्रति न्यायालय विश्वस्त भएको अवस्थामा र ठगको उद्देश्य गम्भीर प्रकृतिको देखिएमा मात्र यति ठूलो रकमको धरौटी रकम माग गर्ने प्रचलन छ । लामिछानेलाई जेल पठाइएको खबर सुनेपछि पीडित एक जनाले लेखेका छन्, ‘अनाहकमा अरुलाई दुःख दिनेको भलो हुन्न भन्थे,हो रहेछ ।
anjali anjali नामक फेसबुक प्रयोगकर्ता महिलाले “यो ठग हो,चोर हो यसलाई २० बर्ष थुन्नुपर्छ” भन्ने कमेन्ट पोस्ट गरेको पाइन्छ ।
श्रीबहादुर खड्काजीलाई २ करोड ठगेर जेल परेको शेष घलेको नक्कली भाइ गमबहादुर लामिछाने (बिक) सँग चिनियाँ व्यापारीको घरबार,कम्पनी नै ठगेर पच बनाएकोमा अहिले जिल्ला अदालतले साढे ३ करोड धरौटी मागेर जेलतिरै फिर्ता पठाइदिएको छ । ठगको पक्षमा वाइसीएलका नेता कमरेडहरुको कुदाकुद हेर्नलायक हुँदो रहेछ ।’यसैमा anjali anjali नामक फेसबुक प्रयोगकर्ता महिलाले “यो ठग हो,यसलाई २० बर्ष जेल हाल्नुपर्छ” भन्ने कमेन्ट पोस्ट गरेको पाइन्छ ।
धेरैलाई ठगेर पैसा नभएको बैंक खाताको चेक भिडाउँदै आएका उनीविरुद्ध अरु थुप्रै मुद्दा उच्च अदालत पाटनमा समेत विचाराधीन छ । कीर्ते कागजातबाट ठग्दै आएका उनले चिनियाँको लगानीमा खुलेको उद्योग र चिनियाँले खरिद गरेको घर समेत आफ्नो नाममा बनाएका छन् । यससम्बन्धमा परेको लामिछानेविरुद्धको मुद्दा पनि उच्च अदालत पाटनमा विचाराधीन छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











