ठुलो मात्रामा तस्करी हुँदै गरेको विदेशी गैर कानुनी चुरोट विरगन्ज भन्सारमा समातियो ११ करोड भन्दा धेरै जरिवाना हुने, बजार भरी छ्यापछ्याप्ती पाइन्छन यिनै चुरोट
काठमाडाैं । विरगन्जको सुख्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठुलो मात्रामा विदेशी चुरोट बरामद भएको छ । मुङ्गको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ । गुडाङ गरम नामको विदेशी तस्करी गरिएको चुरोट अहिले पनि बजार मा छ्यापछ्याप्ती पाइने भए पनि यसरि भन्सारमा तस्कारी हुँदै गर्दा पकडमा आएको भने पहिलो घटना हो ।
नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा हुने गरी बढाए पछी अहिले चुरोट एक दमै महङ्गो भएको कारणले र अत्याधिक कर लाग्ने भएकोले तस्करी गर्दा अत्याधिक फाइदा हुने हुनाले चुरोटको तस्करी ह्वात्तै बढेको छ । चुरोट एउटा यस्तो वस्तु हो जसको उत्पादन गर्न लाग्ने लागत भन्दा करको भार उल्लेख्य रुपमा बढी हुन्छ । जस्तो कि नेपालमा उत्पादन भइ विक्री हुने चुरोटमा कुल विक्री मुल्यको ५५ देखि ७०% सम्म कर लाग्ने गरेको छ । चुरोटमा अन्तशुल्क, स्वास्थ्य जोखिम कर, मु अ कर, भन्सार, अन्तशुल्क स्टिकर लगायतका कर असुल गरिने गरेको छ ।
हुन त अहिले पनि काठमाडौंको मुख्य बजार क्षेत्रमा विदेशी गैर कानुनी चुरोट हरेक जसो पसल मै पाइन्छ । स्वदेशी चुरोट भन्दा सस्तो पर्ने, प्याकेजिन्ङमा देख्दै फोहोर देखिने चित्र नहुने, व्यापारीलाई धेरै फाइदा हुने आदी कारणले यी गैर कानुनी चुरोटले बजार लिएको देखिन्छ ।
यस विषयका जानकारहरुका अनुसार नेपालमा चुरोटको अवैध व्यापार २ तरिका बाट हुने गर्छ:
१, विरगन्ज भन्सारमा समातिएको जस्तो तेस्रो मुलुकबाट गैर कानुनी रुपमा तस्करी भइ काठमाडौं पोखरा लगायतका शहरमा हुने गैर कानुनी अन्तराष्ट्रीय ब्राण्डहरुको व्यापार .
२. सिमावर्ती क्षेत्रमा सिमापारबाट नेपाली ब्राण्ड कै नक्कली चुरोट बनाइ गैर कानुनी रुपमा हुने व्यापार – सिमा क्षेत्रमा नेपाल कै सबै भन्दा धेरै विक्ने खुकुरी , शिखर लगायतका चुरोटहरु भारतमा गैर कानुनी रुपमा बनाइ , नेपालमा तस्करी गरी सस्तो मुल्यमा विक्री हुने गरेको पाइएको छ ।
मधेस प्रदेशका अधिकासं जिल्लाहरुमा नक्कली चुरोटको व्यापार अधिक छ । सिमावर्ती क्षेत्रमा यसको व्यापार कानुनी चुरोट बाराबर नै रहेको त्यस क्षेत्रका व्यवसायीहरु बाताउछन । नेपाल प्रहरी र राजस्व कार्यलयहरुले बेला बेलामा यस्ता गैर कानुनी चुरोट पक्राउ गरे पनि यो नियन्त्रण हुन सकेको छैन । गत वर्ष सुर्य नेपाल प्रालीको निवेदनमा भारतको मुजफ्फ्परपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कार्वाही समेत भएको थियो । यि सबका बाबजुद धेरै कर लाग्ने उत्पादन भएकोले कर छल्दा ठुलो मुनाफा हुने भएकोले तस्करी नियन्त्रण हुन सकेको छैन ।
यसरि हुने गैर कानुनी व्यापारले स्वदेशी उद्योग र नेपाल सरकार दुबैलाई उल्लेख्य मात्रामा नोक्सान पुर्याइरहेको छ । जानकार स्रोतका अनुसार नेपालमा हुने अवैध चुरोट , खैनी , गुट्खा लगायतका अन्य सुर्तिजन्य पदार्थको तस्करि, र अवैध व्यापारका कारण राज्यले एक वर्षमा कारीव ९५० करोडको राजस्व गुमाइ रहेको छ ।
विदेशी INGO हरुको सहयोगमा सुर्तीजन्य पदार्थको विरुद्द नेपालमा कार्य गर्ने नेपाल विकास अनुसन्धान परिषदले केही समय अघाडी एक अध्ययन गरी नेपालमा चुरोटको अवैध व्यापार कम रहेको प्रतिवेदन नेपाल सरकारको नेपाल राजस्व परामर्श बोर्डलाई बुझाएको थियो । तर बजारमा देखिएको नक्कली चुरोटको व्यापार र अहिले ठुलो मात्रामा विरगन्जमा जफत भएको तस्करी हुँदै गरेको लगभग ६ मिलिएन चुरोटले भने अर्कै सत्य उजागर गरेको छ । यो एउटा प्रतिनिधी घटना हो, नेपालमा चुरोटको तस्करी बढ्दो छ । ६० देखी ७०% कर बच्ने भएपछी तस्करहरुका लागी यो सुन तस्करी जस्तै आकर्षक भएको छ । एक कन्टेनर चुरोट तस्करी गर्दा ६-७ करोड भन्दा धेरै कर बच्ने भए पछी तस्करहरुका लागी यो अत्यन्त आकर्षक वस्तु भएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











