बैंकिङ कसुर मुद्दा : ३० दिनभित्र हाजिर हुन ९९ जनालाई आदेश
काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९९ जनालाई उच्च अदालतले पाटनले ३० दिनभित्र बयानका लागि बोलाएको छ । सरकार प्रतिवादी रहेको सबै मुद्दाहरुमा उच्च अदालत पाटनले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो । उपस्थित नभई आदेशको उल्लंघन गरेमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने अदालतको सूचनामा छ ।
काठमाडौं। उच्च अदालतले बयानका लागि बोलाएकाहरुमा सिन्धुपाल्चोकको फुल्पिङडाँडा घर भई काठमाडौंमा बस्दै आएका निरोज श्रेष्ठ, काठमाडौंको तारकेश्वर-७ बस्ने सबिना कार्की, काठमाडौं चन्द्रागिरि-११ का रुपक कुमार कार्की, काठमाडौंको टोखा बस्दै आएका टेक सिटी इन्टरप्राइजेजका सन्चालक ईशान न्यौपाने, सोलुखुम्बु घर भई काठमाडौंको टोखा बस्दै आएका सुनिल कार्की, खोटाङ घर भई हाल काठमाडौंको बालाजु बस्ने इन्द्रलाल गिरी, सुनसरी घर भई हाल काठमाडौंको टोखामा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सनका सन्चालक प्रशान्त चौधरी, काठमाडौंको तारकेश्वरका उदीपनारायण जोशीलगायत छन् ।
यसैगरी, बयानका लागि बोलाइएकाहरुमा काठमाडौं गोकर्णेश्वरका केदार बोहरा, भारतको बिहार घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने मुकेश शाह, काठमाडौंको धुम्बाराही बस्ने शंकर प्रसाद नेपाल, काठमाडौंको तारकेश्वर जरंखु बस्ने सुवास खड्का, काठमाडौं चाबहिलकी दीपा चौलागाईं, दार्चुला घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने विरेन्द्र सिंह धामी,सुर्खेतका देवी कृष्ण न्यौपाने, काठमाडौं स्वयम्भुका लालबहादुर घले, काठमाडौं बौद्धका प्रेम खत्री, भक्तपुरको मध्यपुर ठिमी घर भई हाल चाबहिल गणेस्थानमा पसल गरी बस्ने मुनि रत्न चक्रधर छन् । ३० दिने म्यादसहितको सूचनामा बयानका लागि उपस्थित हुन आदेश दिइएको हो ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











