सेवाग्राहीको खाताबाट लाखौं रुपैयाँ अन्य खातामा ट्रान्सफर गर्ने गिरोह प्रहरीको फन्दामा
रौतहट । बैंकमा सेवाग्राहीको खाताबाट लाखौं रुपैयाँ अन्य खातामा ट्रान्सफर गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। स्थानीय वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा वीरगन्ज नगवाका वर्ष २१ को राज नारायण चौरासिया, वीरगन्ज १९ केहुनी विन्दाबासनीका वर्ष २१ को महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाउँपालिका ५ सिमवारिका वर्ष २९ को सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका ९ पिङगोलाका वर्ष १९ को महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका २ भुट्टारका वर्ष २० को केवल रास्कोटी, सिराहा मिर्चैया नगरपालिका ८ भगवानपुरका वर्ष १९ को दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वाका वर्ष २३ को श्रवण दास रहेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट विभिन्न वैंकको १५ थान एटिएम कार्ड,६६ हजार रुपैयाँ,१ थान मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूले माछापुच्छ्रे बैङ्क चन्द्रनिगाहपुर शाखामा सेवाग्राही रामेश्वर यादवको खाता नं। ०७५००६५३८२८०००१४ बाट गत जेठ ५ गते ३ लाख, ६ गते ३ लाख, र ७ गते ३ लाखको दरले जम्मा ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा ट्रान्सफर गरेका थिए।
त्यसको दुई दिन पछि स्वाग्रही यादव स्वयं चेक मार्फत पैसा झिक्न बैंकमा जाँदा खातामा रकम नदेखेपछि ठुलो विवाद हुँदा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान सुरु गरेको थियो। अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरूले अनधिकृत रूपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैह्रकानूननी तवरले निकाली आर्थिक लाभ समेत लिई ठगी कार्यमा संलग्न रहेको डिएसपी एक नारायण कोइरालाले बताएका छन्।
उनीहरुले विभिन्न व्यक्तिहरूलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाइल अनलाइन बैकिङको युजर नेम र पासवर्ड समेत लिएका थिए। सोही आधारमा खाताहरूबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने हालसम्म अनुसन्धानबाट खुल्न आएका ११ जना मध्ये ७ जनालाई पक्राउ गरी ठगी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी कोइरालाले जानकारी दिएका छन्। यस्तो घटनामा संलग्न लाई पक्राउ गर्न निकै कठिन भए पनि विभिन्न कोण बाट अनुसन्धान गर्दै जाँदा उक्त गिरोहलाई नियन्त्रणमा लिन सम्भव भएको डिएसपी कोइरालाले स्पष्ट पारे।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












