सरकारको प्रभावमा सिआइबीः माधव नेपाल र बाबुराम भट्टराईको बयान नलिने
१ भदौ, काठमाडौं । बालुवाटार स्थित ललिता निवास जग्गा हिनामिना तथा घोटला प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी केन्द्रिय अनुसन्धान व्युरो(सिआइबी)ले गरेको छ ।
हाल सम्म सिआइबीले उक्त प्रकरणमा १८ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइसकेको छ । उक्त प्रकरणमा संलग्न र मुख्य आरोपीका रुपमा रहेका पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको भने सिआइबिले बयान नलिने भएको छ ।
वर्तमान सरकारले सुशासन र भ्रष्ट्रचार विरुद्ध चर्को नारा लगाए पनि केही महत्वपुर्ण प्रकरणमा संलग्न उच्च ओहोदाका व्यक्तिलाई भने संरक्षण गर्न अनुसन्धान नै नगरेकाले सरकारको भुमिका माथि प्रश्न खडा गरेको छ ।
ललिता निवास जग्गा घोटला प्रकरणमा नेपाल र भट्टराईको पनि सरकारी साक्षीका रुपमा कागज गर्ने तयारी गरेपनि अनुसन्धान प्रतिवेदन बुझाउनु अघि ब्युरो उनीहरुको बयान लिन बाट पछि हटेको हो ।
ब्युरोले अनुसन्धान अघि बढाएको ५३ दिन पुगेको छ, भने सीआईबीले उक्त प्रकरणमा सङ्गठित सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । अब ७ दिन भित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यलयमार्फत जिल्ला अदालतमा मुद्धा दर्ता गरिसक्नु पर्छ, त्यसैले ६० दिन भित्रै अथवा भदौ ८ गते जिल्ला सरकारी वकिल कार्यलयमार्फत ललिता निवास प्रकरणको मुद्धा जिल्ला अदालतमा दर्ता गर्न लागेको हो । ब्युरो स्रोतका अनुसार शुक्रबार नै अनुसन्धान प्रतिवेदन वकिललाई बुझाउने तयारि भइरहेको छ ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्ले गरेको चार वटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको छ । साउन २१ मा न्यायाधीश अनिलकुमार सिन्हा र डा। कुमार चुडालको इजलासले सो आदेश गरेपछि पूर्व प्रधानमन्त्री भट्टराई र नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो ।
मन्त्रिपरिषद्ले २०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ मा गरेको निर्णयलाई गलत व्याख्या गरेर जग्गा हिनामिना भएको थियो । सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय तथा प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेलाई अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो ।
तर,सर्वोच्चको आदेश अनुसार चार वटा मन्त्रिपरिषद्को निर्णय गर्ने नेतृत्वकर्ता नेपाल र भट्टराई अनुसन्धानको दायरामा नै आएका छैनन् ।
सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












