बालिकालाई बिक्री गर्न लैजाँदै गर्दा तीन जना प्रहरी नियन्त्रणमा
काठमाडौं । जिल्ला प्रहरी कार्यलय उदयपुरले बालबालिकालाई प्रलोभनमा पारी बिक्री गर्न लैजाँदै गर्दा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
त्रियुगा नगरपालिका–६ जलजले चेकपोस्टमा खटिएका इलाका प्रहरी कार्यलय जलजले टोलीले चेकजाँच क्रममा शंका लागि नियन्त्रणमा लिएको हो ।
गाईघाटबाट सिरहा लाहानतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–२२ प ५०१० नम्बरको मोटरसाइकल पछाडि राखी १५ वर्षिय बालिकालाई लिएर जाँदै गरेको अवस्थामा प्रहरीले शंका लागि चेकजाँच क्रममा बालिकालाई ललाईफकाई गरी बालिकालाई प्रलोभनमा पारी बिक्री गर्न लैजादै गरेको खुलेको छ ।
मोटरसाइकलसहित सिरहाको साबिक सोनावती मझौला गाविस–०८ अहिले लाहान नगरपालिका–१९ का २८ वर्षीय सतिकुमार यादव, त्रियुगा नगरपालिका–१० का ब्रोर्दस रेस्टुरेन्टका मालिक २७ वर्षीय अनिल शिवसमेत तीन जना संलग्न रहेको जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिनन्द चौधरीले जानकारी दिए ।
उनिहरुलाई मानव बेचविखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा उदयपुर जिल्ला अदालतबाछ सात दिनमा म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











