मानव तस्करी गिरोहका नाइके हस्त गौतम उर्फ ‘मृदुल’ जेल चलान
काठमाडाैँ । अमेरिका मानव तस्करी गर्ने गिरोहका प्रमुख नाइके हस्त गौतम उर्फ ‘मृदुल’ जेल चलान भएका छन् ।
उनीविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीसहित गिरोहका सदस्य कमल तामाङ पनि अदालतको आदेशअनुसार जेल चलान भएको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । रुकुमका गौतमलाई प्रहरीले गत महिना भारतको सीमाबाट पक्राउ गरेको थियो ।
अमेरिका मानव तस्करी गर्ने यो सबैभन्दा ठूलो गिरोह भएको प्रहरी दाबी छ । नाइके पक्राउ परे पनि एजेन्टहरू भने अझै विभिन्न देशमा सक्रिय छन् । उनीहरूलाई प्रहरीले फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ ।
स्याङ्जाको वालिङ स्थायी घर भएका कुलप्रसाद काफ्ले, काभ्रे रोशीका लोकेश लामा, काभ्रे नमोबुद्धका जेम्स भन्ने पूर्ण लामा, गुल्मीकी मीनाकुमारी थापालाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरूमध्ये काफ्ले कोलम्बिया तथा दुबईमा बसेर मानव तस्करीको धन्दामा सक्रिय व्यक्तिहरू हुन् ।
उनीहरूलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत समेत प्रक्रिय अघि बढाउने तयारी गरेको छ । दुबईमा बस्ने थापाले मानव तस्करीको रकम हुन्डीमार्फत कारोबार गर्न सघाउँदै आएकी थिइन् ।
गौतमको गिरोहविरुद्ध जाहेरी दिनेमध्ये एक युवकले आठ वर्ष कतार र साउदी अरेबियामा ट्रक चलाएर केही पैसा जम्मा गरेका थिए । तर, अमेरिकी सपनामा त्यो पैसा गुमाएका छन् । फेसबुकमार्फत चिनजान भएका हस्त गौतमले उनलाई अमेरिका लैजाने सपना देखाएका थिए । त्यसका लागि सुरुमा काठमाडौंमा पाँच लाख बुझाए । जसअनुसार भिजिट भिसामा १८ माघ ०७९ मा दुबई लगेपछि थप पाँच लाख मेक्सिकोका लागि भनेर मागेका थिए । तर, त्यहाँ उनलाई केही भारतीयहरूले बन्धक बनाए । एक हजार डलर फिरौती तिरेर उनी २ वैशाख ०८० मा नेपाल फर्किएका थिए ।
त्यसयता एजेन्टहरू सम्पर्कविहीन भएपछि उनी प्रहरीमा पुगेका हुन् । प्रहरीले कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सो समूहले एकै परिवारसँग एक करोड रुपैयाँसम्म अमेरिकाको सपना देखाएर विभिन्न देश पुर्याई अलपत्र पारेको थियो । गिरोहका नाइके गौतम आफैँ पनि अवैध बाटोबाट अमेरिका गएका व्यक्ति हुन् । पक्राउ परेपछि उनले धेरैलाई आफूले अमेरिका छिराएको दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











