कोभिड–१९ विरूद्धको खोप विकास गर्ने दुई जना वैज्ञानिकले पाए चिकित्सा विज्ञानमा नोबेल पुरस्कार
काठमाडौं । सन् २०२३ को फिजियोलोजी तथा मेडिसिनतर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकलाई प्रदान गरिएको छ ।
कोभिड–१९ विरुद्ध न्युक्लियोसाइड बेस परिमार्जन गर्दै प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।
नोबेल फाउन्डेसनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुवै जनालाई पुरस्कार प्रदान गरिएको जानकारी दिएको छ ।
नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको हो ।
परम्परागत खोप जुन भाइरसविरुद्धको हो, सोही भाइरसको कमजोर स्वरूप प्रयोग हुने गर्छ । एमआरएनए खोपमा सामान्यतया भाइरसको बाहिरी झिल्लीमा पाइने प्रोटिनको सानो टुक्रालाई प्रयोग गरिन्छ ।
कोभिड महामारी सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरबाट सुरू भएर संसारभरि फैलिएको थियो। कुनै खोप र उपचार नभएको कोभिड–१९ ले संसारभरिका झन्डै ७० लाख मानिसको मृत्यु भए भने करोडौं मानिस यो भाइरसबाट संक्रमित भएका थिए ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












