कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले
काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो ।
शनिबार बिहान एमालेबाट विनाविभागीय मन्त्री बनेका राम रानाले राजीनामा बुझाएका छन् । शनिबार बिहान मन्त्री रानाले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएका रानाले सहमति कार्यान्वयन नभएपछि राजीनामा बुझाएको बताए ।
शुक्रबार गठबन्धन दल नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगुलाई मुख्यमन्त्री केदार कार्कीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शुक्रबार नै एमालेले राजीनामा बुझाउन खोजेको थियो । शनिबार बिहान मन्त्री राम रानाले मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर राजिनामा बुझाएका हुन् ।
कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोजमा सपथग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र कांग्रेसबाट शम्शेर राईलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । १ कात्तिकमा उनलाई राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
शपथग्रहण पछि कार्कीले सर्वदलीय सरकार गठनको प्रयास गरेका थिए । गठबन्धनलाई सहभागी गराए सरकार छाड्ने एमालेको अडान र एमालेलाई बाहिर राख्नुपर्ने कांग्रेससहित गठबन्धन दलको दबाबका कारण उनले निर्णय लिन सकेका थिएनन् ।
शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलसँगको छलफलपछि उनी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट एकएक जनालाई सरकारमा सहभागी गराएका थिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











