विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा
काठमाडौं । भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो ।
रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन्।
शिक्षा हासिल गरेपछि सहजरूपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको विद्यालयका प्रध्यानाध्यक पेशलकुमार तिमल्सेनाले बताउनुभयो । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारसँग र रोजगारलाई बजारसँग जोडेर उत्पादनशील र उत्पादनमुखी बनाउनका लागि प्राविधिक शिक्षाको सुरुआत गरेको उनको भनाइ छ ।
“शिक्षालाई जीवनोपयोगी बनाउन आवश्यक छ” उनले भने, “हामीले व्यावहारिक शिक्षा दिन सकेमा विद्यार्थीमा जीवनयापनको वातावरण बन्छ । विद्यार्थीलाई कृषि विषयको प्राविधिक शिक्षा दिँदै आएका छौँ ।” शिक्षालाई पराम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको हो ।
विद्यार्थीलाई सहज प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न प्राविधिक शिक्षामा जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले बताए। यस वर्ष पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत रु पाँच लाख लागतमा च्याउखेती गर्न घर निर्माणसँगै प्राविधिक शिक्षाका लागि आवश्यक सामग्री खरिद गरिने उनको भनाइ छ ।
आवेदन माग गरेर विद्यार्थीको रोजाइको आधारमा च्याउखेती, टमाटर खेती, फलफूल खेती, तरकारी खेतीमा जोड दिइएको उनको भनाइ छ । आगामी दिनमा यसको विस्तारमा थप जोड दिने लक्ष्य रहेको भट्टराईले जानकारी दिए। “प्राविधिक शिक्षासँगै हामीले पढ्दै कमाउँदै कार्यक्रमलाई पनि एकसाथ अघि बढाएका छौँ”, उनले भने, “विद्यार्थीको रुचिका आधारमा विभिन्न प्रकारका शिक्षा दिने व्यवस्था मिलाएका छौँ । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आषर्कण बढ्दो छ ।”
विद्यार्थीले टमाटर, काउली, ब्रोकाउली, च्याउलगायतको व्यावसायिक खेती गर्दै आएका छन् । तरकारी बिक्रीबाट आएको रकम प्रोत्साहनका रूपमा विद्यालयले विद्यार्थीलाई दिने गरेको छ । विद्यार्थीले च्याउखेती, टमाटर खेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन् । आर्थिक स्रोतको दिगो व्यवस्थापनका लागि विद्यालयको जग्गामा करिब सय बोट एभोकाडोका बिरुवा रोपिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई प्राविधिक शिक्षासँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा रामप्रसादराई गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। सामुदायिक विद्यालयको गुणस्तर सुधारमा गाउँपालिकाले ध्यान दिइरहेको अध्यक्ष राईको भनाइ छ । “अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो”, अध्यक्ष राईले भने, “हामीले सीपमूलक शिक्षामा जोड दिँदै आएका छौँ । प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन सहयोग पुग्नेछ ।”
विद्यालयमा आएर अभ्यासमूलक शिक्षा लिँदा सिकाइ प्रभावकारी हुने गरेको विद्यार्थीको भनाइ छ । उनीहरूलाई अभ्यासका लागि विद्यालयले आफ्नो तथा लिजमा जग्गा लिएर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने गरेको छ । आफूले सिकेको सीप घरपरिवारलाई सिकाएर काम गर्ने गरेको विद्यार्थी सचिन चर्मकारले बताए। विद्यालयका कृषि पढ्न चाहने विद्यार्थीले कक्षा ९ बाट ऐच्छिक विषयका रूपमा पढ्दै आएका छन् ।
भोजपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा छन् । भोजपुर नगरपालिका–६ मा रहेको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट र रामप्रसादराई गाउँपालिका मानेभञ्याङमा राममिथिला बहुप्राविधिक शिक्षालय सञ्चालनमा छन् । यीसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट अनुमति लिएर विभिन्न माध्यमिक विद्यालयले प्राविधिक शिक्षा पढाउँदै आएका छन् ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












