हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित
काठमाडौं । हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।
हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए तर ढिलागरी परेको पानी र हिमपातले केही राहत महसुस भएको सल्लेरीका ल्हाक्पा शेर्पाले बताए ।उनले भने, “हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु ।”
तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको पञ्चनका केशवप्रसाद कोइरालाले बताए । उनले भने, “हिजोको वर्षाले किसानमा खुसी ल्यायो तर जमिन भिज्नेगरी पानी नै पर्न सकेन, सुक्खापना अझै त्यस्तै छ, अब पानी पर्ने छाँटकाँट देखिन्न, अझै खडेरीको मारबाट किसानले पार पाएका छैनन् ।” वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ ।
हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएका छन् । खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताए । उनले भने, “बल्ल खुम्बुक्षेत्र खुम्बुजस्तो देखियो, हिउँ पर्दै छ, हामी खुसी छौँ, विदेशीहरू पनि हिउँमा रमाइरहेका छन्, अब अलि सुक्खापना हट्छ कि ? यतिखेर लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन् ।
Comments
अरु समाचार
-
इलाममा कुटपिटबाट एकजनाको मृत्यु
काठमाडौं । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोल बस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले...
-
एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चको बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । नेकपा एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चको वृहत बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । माघ १९ गते शनिबार...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...
-
प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाईँ
संखुवासभा । प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाईँ सर्वसम्मत चयन भएका छन् । आईतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले चापागाईको...
-
पाथीभरामा भएको झडपविरुद्ध मेची राजमार्ग र तमोर करिडोर बन्द
काठमाडौं । ताप्लेजुङको पाथीभरामा केवलकार खारेजीको माग गर्दै आजदेखि आह्वान गरिएको मेची राजमार्ग बन्दका कारण पुर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित...
-
तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको डिपो राख्न प्रदेश सरकारलाई विदुर लिङथेपको आग्रह
काठमाडौं । कोसी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले कोशीका प्रमुख सचेतक विदुर कुमार लिङथेपले संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाई इन्धनको...
-
नगरपालिकाका अधिकृत दिनेश कट्टेलद्वारा दशनामी समाजको अपमान, शीघ्र कारबाही गर्न माग
खाँदबारी । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति संखुवासभाले खाँदबारी नगरपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दिनेश कट्टेललाई कारबाही गर्न माग...
-
त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेको हिरकजयन्ती माघ १० गतेदेखी १६ गतेसम्म
काठमाडौं । सङ्खुवासभा जिल्ला, सभापोखरी गाँउपालिकाको केन्द्रमा रहेको त्रिवेणी माध्यमिक विद्यालय बाह्रबिसेले २०८१ माघ १० गतेदेखी १६ गतेसम्म ६०औं वार्षिकोत्सव...
-
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
काठमाडौं । संखुवासभा जिल्लाबाट चालु आर्थिक वर्षमा रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आवमा सात...