उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारमा बयान दिन जाँदै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्ततः आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि जाँदैछन् । उनलाई आयोगले अन्तिम बयानका लागि बिहान साढे १० बजे टंगालस्थित कार्यालयको ६ नम्बर पिल्लरमा उपस्थित हुन पत्र काटेको छ ।
आयोगले थालेको अनुसन्धानमा असहयोग गरेको भन्दै उनलाई कडा व्यहोराको पत्रसहित बयानका लागि बोलाइएको बुझिएको छ । पत्रको व्यहोरा उल्लेख गर्दै स्रोत भन्छ, ‘यसअघि पटक पटक माग गरिएका कागजात र विवरण उपलब्ध नगराएकाले आयोगमा बयानका लागि चैत १ गते बिहान साढे १० बजे हाजिर हुनु ।’
अधिकारी यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख थिए । सबैभन्दा धेरै अनियमितता उनैबाट भएको बताइन्छ । आयोगले राष्ट्रिय गौरव आयोजना प्रमुखलाई पनि बयानका लागि बोलाएको बुझिएको छ । आयुक्त जयबहादुर चन्द र सुमित्रा अमात्यलाई अधिकारीले आफ्नै मान्छे भन्दै आएका थिए । अमात्य ०७४ सालतिर इञ्जिनियरिङ एसोसियसनको निर्वाचनमा उम्मेदवार भएको बेलामा प्रदिप महासचिवमा एमाले प्यानलबाट उठेका थिए ।
आयोगको ६ नम्बर पिल्लरका प्रमुख राजेशकुमार दास हुन् । सडक विभागका तत्कालीन हाकिम दास अधिकारीमाथि भइरहेको अनुसन्धानमा प्रमुख अधिकृत तोकिएका हुन् । अरु आयुक्तको भर नलागेपछि प्रमुख आयुक्त प्रेम राईले सोझै आफूले अनुसन्धानको निगरानी गरिरहेको स्रोतको दावी छ ।
आयुक्त जयबहादुर चन्द र सुमित्रा अमात्यलाई अधिकारीले आफ्नै मान्छे भन्दै आएका थिए । अमात्य ०७४ सालतिर इञ्जिनियरिङ एसोसियसनको निर्वाचनमा उम्मेदवार भएको बेलामा प्रदिप महासचिवमा एमाले प्यानलबाट उठेका थिए । तर भेटघाटमा सुमित्रालाई दिदी भन्ने र उनको र चन्दको घरै जाने गरेकाले प्रमुख आयुक्तले अनुसन्धानमा भर पर्न नसकेपछि आफैँले हेरेको बताइन्छ ।
आयोगमा रहेका अन्य निजामती कर्मचारीलाई समेत अधिकारीले सजिलै प्रभावमा पार्न सक्ने आकलनपछि दासलाई अनुसन्धान अधिकृत तोकिएको हो । अनुसन्धान अधिकृत दासले यसअघि महानिर्देशक अधिकारीलाई लेखेको पत्रको जवाफका कारण पनि आयोगका अधिकारीहरु रुष्ट बनेको सहजै अनुमान गर्न सकिन्छ । दासको पत्रको जवाफमा अधिकारीले अरुकै थाप्लोमा दोष पन्छाउँदै लेखेका छन्, ‘पोखरा विमानस्थलको भूगोल कस्तो थियो,जमिन कस्तो थियो भन्ने कुनै पनि रिपोर्ट प्राधिकरणसँग छैन । चिनियाँ ठेकेदारले हामीलाई उपलब्ध गराएको देखिँदैन । सो सम्बन्धमा चिनियाँलाई के कारबाही गर्नुपर्ने हो, त्यहाँबाटै गर्नु ।’
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...