उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारमा बयान दिन जाँदै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्ततः आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि जाँदैछन् । उनलाई आयोगले अन्तिम बयानका लागि बिहान साढे १० बजे टंगालस्थित कार्यालयको ६ नम्बर पिल्लरमा उपस्थित हुन पत्र काटेको छ ।
आयोगले थालेको अनुसन्धानमा असहयोग गरेको भन्दै उनलाई कडा व्यहोराको पत्रसहित बयानका लागि बोलाइएको बुझिएको छ । पत्रको व्यहोरा उल्लेख गर्दै स्रोत भन्छ, ‘यसअघि पटक पटक माग गरिएका कागजात र विवरण उपलब्ध नगराएकाले आयोगमा बयानका लागि चैत १ गते बिहान साढे १० बजे हाजिर हुनु ।’
अधिकारी यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख थिए । सबैभन्दा धेरै अनियमितता उनैबाट भएको बताइन्छ । आयोगले राष्ट्रिय गौरव आयोजना प्रमुखलाई पनि बयानका लागि बोलाएको बुझिएको छ । आयुक्त जयबहादुर चन्द र सुमित्रा अमात्यलाई अधिकारीले आफ्नै मान्छे भन्दै आएका थिए । अमात्य ०७४ सालतिर इञ्जिनियरिङ एसोसियसनको निर्वाचनमा उम्मेदवार भएको बेलामा प्रदिप महासचिवमा एमाले प्यानलबाट उठेका थिए ।
आयोगको ६ नम्बर पिल्लरका प्रमुख राजेशकुमार दास हुन् । सडक विभागका तत्कालीन हाकिम दास अधिकारीमाथि भइरहेको अनुसन्धानमा प्रमुख अधिकृत तोकिएका हुन् । अरु आयुक्तको भर नलागेपछि प्रमुख आयुक्त प्रेम राईले सोझै आफूले अनुसन्धानको निगरानी गरिरहेको स्रोतको दावी छ ।
आयुक्त जयबहादुर चन्द र सुमित्रा अमात्यलाई अधिकारीले आफ्नै मान्छे भन्दै आएका थिए । अमात्य ०७४ सालतिर इञ्जिनियरिङ एसोसियसनको निर्वाचनमा उम्मेदवार भएको बेलामा प्रदिप महासचिवमा एमाले प्यानलबाट उठेका थिए । तर भेटघाटमा सुमित्रालाई दिदी भन्ने र उनको र चन्दको घरै जाने गरेकाले प्रमुख आयुक्तले अनुसन्धानमा भर पर्न नसकेपछि आफैँले हेरेको बताइन्छ ।
आयोगमा रहेका अन्य निजामती कर्मचारीलाई समेत अधिकारीले सजिलै प्रभावमा पार्न सक्ने आकलनपछि दासलाई अनुसन्धान अधिकृत तोकिएको हो । अनुसन्धान अधिकृत दासले यसअघि महानिर्देशक अधिकारीलाई लेखेको पत्रको जवाफका कारण पनि आयोगका अधिकारीहरु रुष्ट बनेको सहजै अनुमान गर्न सकिन्छ । दासको पत्रको जवाफमा अधिकारीले अरुकै थाप्लोमा दोष पन्छाउँदै लेखेका छन्, ‘पोखरा विमानस्थलको भूगोल कस्तो थियो,जमिन कस्तो थियो भन्ने कुनै पनि रिपोर्ट प्राधिकरणसँग छैन । चिनियाँ ठेकेदारले हामीलाई उपलब्ध गराएको देखिँदैन । सो सम्बन्धमा चिनियाँलाई के कारबाही गर्नुपर्ने हो, त्यहाँबाटै गर्नु ।’
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











