आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। आज जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका...
-
खुकुरी प्रहार गरेर श्रीमतीको हत्या
काठमाडौं । झापामा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ३४ वर्षीया विटी...
-
पत्रकार शिव भट्टराई भोजपुरेलाई सुन्दरहरैंचा उद्योग वाणिज्य संघले गर्यो सम्मान
विराटचोक । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभाको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई विशेष सम्मान गरिएको छ। पत्रकारिता क्षेत्रमा...
-
त्रियुगा नदिले बस बगायो…
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीमा बाढीले बस बगाएको छ । सोमबार राति सिवाईबाट...
-
‘चोकै पिच्छे सहिद गेट बनाउँनेले झापामा बनेको बिजनेश टावरको विरोध नगर्नु’
काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले झापामा बनेको भ्युटावरालाई लिएर गीत गाँउने गरेको बताएका छन्...
-
चट्याङ लागेर एक बालकको मृत्यु
काठमाडौं । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी...
-
धनकुटामा बस दुर्घटनाः एकजनाको मृत्यु, १४ जना घाइते
काठमाडौं । धरानबाट भोजपुर जाँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । आज बिहान १०ः१५ बजेतिर कोशी लोकमार्ग अन्र्तगत...
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया हजुरआमा पनि सहभागि
काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा...