ताजा समाचार

‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको छ ।

उनले पछिल्लो समयका युवा पुस्ता माझा नेपाली पूर्वेली लोक गितको माध्यमाबाट आफ्नो लोकपृयता बढाउँदै लगेका लगेका छन् । गत हप्ता सार्वजनिक भएको उक्त देउसी गित अहिले आम दर्शक स्रोतामा लोकपृय बनेर युटुवमा तहल्का पिटिरहेको छ ।

विभिन्न चर्चित राष्ट्रिय कलाकारहरुको गायन तथा अभिनय रहेको उक्त देउसी गितमा गायकहरु निकेश राई, विनोद दनुवार, शुसिल भट्टराई, सविन शंकर, विजय राई तथा गायिकाहरु मनमाबि राई र कुशुम गुरुङको स्वर रहेको छ ।

गितको शव्द, संगित र निर्देशन गायक तथा संगितकार निकेश राईले गरेका छन् । त्यस्तै उक्त गितमा लोकपृय कलाकार ‘फुलन्देकी आमा’ तथा अन्य कलाकारहरुले अभिनय तथा नृत्य गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org