पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रुपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिए ।
“सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामान पक्रिने क्रम ह्वातै बढेको छ”, उनले भने, “पछिल्लो समय त सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर पनि खटाएर चेकिङलाई अझै प्रभावकारी गर्ने कोसिस गरिरहेका छौँ ।”
सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा रु १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पाटर््स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यस्तै सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै लत्ताकपडा, मेसिनरी पार्टपुर्जालगायतका सामान धेरै तस्करी हुने गरेको देखाउँछ । सशस्त्र प्रहरीले सोही अवधिमा जिल्लामा १४ लाख ५१ हजार मूल्य पर्ने पाँच सय ३१ क्युफिट काठ पनि बरामद गरेर डिभिजन वन कार्यालय पर्सालाई बुझाएको छ ।
त्यस्तै सोही अवधिमा दुई सय ३६ किलोग्राम गाँजा, १४ दशमलव ९६ किलोग्राम लागुऔषध चरेश पनि बरामद गरेको थियो । सशस्त्र प्रहरीले जिल्लामा आव २०८०र८१ मा भने ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।
Comments
अरु समाचार
-
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...
-
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि...
-
वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी
काठमाडौं । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया...
-
भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद
काठमाडौं । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका...
-
नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...
-
कोटेश्वरबाट एक युवक पेस्तोलसहित पक्राउ
काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोलसहित एक युवकलाई...
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...