पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मङ्सिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौँ उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् ।
कोशीबाट सात सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट पाँच सय छ, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ । निजहरूबाट रु ४३ करोड पाँच लाख ४२ हजार जरिवानासमेत तोकिएको छ । निजहरूबाट कूल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेस गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेशअनुसार जरिवाना तिराउर कारागारसमेत पठाइएको बताए ।
Comments
अरु समाचार
-
पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ
काठमाडौं । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
-
लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जना पक्राउ
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको...
-
मकवानपुरबाट २ सय १२ किलोग्राम गाँजा बरामद
काठमाडौं । मकवानपुर प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरी गाउँपालिकातर्फ आउँदै...
-
वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा एक महिला पक्राउ
काठमाडौं । वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिव्दीकोट गाउँपालिका–५, हर्केखर्क...
-
देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो...
-
नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !
काठमाडौं । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका...
-
कुटपिटबाट मजदुरको मृत्यु
काठमाडौं । कुटपिटबाट रुपन्देहीमा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७, हीरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा...
-
रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जना पक्राउ
काठमाडौं । रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चार सय ३१ किलो रक्त...