रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जना पक्राउ
काठमाडौं । रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चार सय ३१ किलो रक्त चन्दनसहित पक्राउ सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बलेफी गाउँपालिका–८ का स्थानीय माओवादी नेता तिमल्सिना र काठमाडौं १४ का रमेश थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । तिमल्सिना र थापाले रक्त चन्दन कहाँबाट ल्याएका हुन भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
यसअघि तस्करहरूले २०६० को दशकतिर भारतबाट अवैध रूपमा नेपालको अरनिको सडक बाटो हुँदै चीनको खासामा रक्त चन्दन पुर्याउने गरेको प्रहरीको तथ्याङ्क छ । अवैध मानिएको रक्त चन्दनसहित तिमल्सिना पक्राउ परेपछि तातोपानी नाकाबाट तस्करीको रूपमा रक्त चन्दन निर्यात हुने गरेको तथ्य खुलेको छ । भारतबाट तिमल्सिना र उनको समूहले यसअघि पनि ठुलो परिणाममा रक्त चन्दन खासातर्फ तस्करी गरेको खुल्न आएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यकानुसार तिमल्सिना र थापालाई गैर कानुनी रूपमा अवैध वन पैदावार रक्त चन्दन कारोबार गर्न लागेको प्रहरीलाई गोप्य सूचना मिलेको थियो ।
प्रहरीले खोजतलास गर्दा तिमल्सिनालाई पेप्सीकोलास्थित डेराबाट उक्त परिणामको रक्त चन्दनसहित माघ १ गते बेलुकी ७ बजे पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अहिले डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
रक्त चन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस)को अनुसूची–२ मा सूचिकृत वनस्पति हो । साइटिसको अनुसूची–२ मा सङ्कटापन्न वनस्पतिलाई राखिन्छ, जसको ओसारपसार प्रतिबन्धित हुन्छ । नेपाल पनि साईटिस सन्धिको हस्ताक्षरकर्ता देश हो ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












