ताजा समाचार

दुर्गा प्रसाईं ललितपुरमा लुकेको आशंका

काठमाडौं । शुक्रबार राजावादी प्रर्दशनालाई अराजक र हिंस्रक बनाउँन मुख्य भूमिका खेलेका राजावादी प्रर्दशनका कमाण्डर दुर्गा प्रर्साइ ललितपुरमा लुकेर बसेको प्रहरीले आशंका गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार प्रसाईं ललितपुरको कुनै ठाउँमा लुकेर बसेको आशंका गरिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले बोलाउँछ त्यहीँ आउँछु भनेका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन् । प्रहरीले राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी तीव्र पारेको छ ।

प्रहरीको विशेष व्युरो पनि उनको खोजीमा खटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली उनलाई पक्राउ गर्न परिचालन भएकोमा सरकारले प्रहरीको विशेष व्युरो पनि खटाएको हो ।

उनीसँगै हिँड्ने युट्युबरलाई पनि प्रहरीले निगरानीमा राखेको छ । प्रसाईंलाई मानव हत्यामा मुद्दा चलाउने तयारी गरिएको स्रोतले बताएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org