लोकदोहोरीका बादशाह शिव हमालको नयाँ प्रयोग: ‘त्यो कथा’ गीतमा फरक पन
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा धेरै कलाकारलाई सांगीतिक उचाइ दिन सफल लोकप्रिय सर्जक शिव हमालले लोकदोहोरीमा नयाँ प्रयोग गर्न रुचाउने गरेका छन् । उनले आफ्नो पछिल्लो गीत ‘त्यो कथा’ मार्फत गीति कथाको स्वरूपमा एक उत्कृष्ट सांगीतिक कोशेली प्रस्तुत गरेका छन् ।
लगानी र सिर्जनाको दृष्टिले आधा घण्टा लामो गीत तयार गर्नु चुनौतीपूर्ण काम हो। त्यसमा पनि एउटा जीवनको सम्पूर्ण कथा गीतमार्फत व्यक्त गर्नु झन् कठिन कार्य मानिन्छ। यस पटक हमालले निर्देशन र सिर्जनामार्फत आफ्नो क्षमता प्रभावशाली रूपमा प्रस्तुत गरेका छन्।
‘त्यो कथा’ गीतले एक असफल प्रेमीको कथा फरक शैलीमा प्रस्तुत गर्छ। यस गीतमा आधा दर्जनभन्दा बढी कलाकारको संलग्नता रहेको छ, जसका कारण यो कुनै चलचित्रभन्दा पनि दमदार महसुस गरिन्छ ।
गीतका लय तथा शब्द सर्जक हमालले आफैं सिर्जना गरेका हुन् भने संगीत संयोजन विश्वास नेपालले गरेका छन् । कुशल बेलबासे, जुना श्रीस मगर, रवि कार्की, सन्ध्या बुढा, शर्मिला गुरुङ र शिव हमालकै स्वर रहेको गीतमा रवि कार्की, शिशिर पौडेल, सन्ध्या बुढा, रजनी गुरुङको अभिनय रहेको छ । गीतको निर्देशन पनि हमालले आफैं गरेका छन्।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
‘उनको स्वीटर’ सामान्य जिवनको सुन्दर प्रेमालय !
काठमाडौं । बैसाख २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र उनको स्वीटरले लगातार तेस्रो हप्तासम्म सिनेमाहलहरुमा आफ्नो पक्कड कायम राख्दै सफल चलचित्रको...












