ताजा समाचार

रोशीमा बस दुर्घटना ११ जना घाइते, एक जनाको अवस्था गम्भीर

काठमाडौ । काठमाडौंबाट रामेछाप जाँदै गरेका बस बिपी राजमार्गमा दुर्घटनाग्रस्त भएको छ ।

आज बिहान काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाँउपालिकामा दुर्घटनाग्रस्त भएको हो ।

बागमती प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । उक्त दुर्घटनामा परेर ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीको भनाई छ । बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org