ताजा समाचार

उडिसा छात्रा मृत्युः सरकारले थाल्यो कुटनीतिक पहल

काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको निधनको बारेमा सरकारले अनुसन्धानका लागि कुटनीतिक पहल थालेको छ ।

परराष्ट्र मन्त्रालयले घटनालगत्तै बिहीबारनै भारत सरकार, उडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएको हो ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन् ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले पनि घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहल थालेको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको उनले बताएका हुन् ।

परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी रहेको बताइएको छ । प्रिसाका परिवारका सदस्यहरू भारत प्रस्थान गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org