दाहसंस्कार गर्न ठिक्क पारिएको बालिकाको शव प्रहरी नियन्त्रणमा बुवा, काका र काकी पक्राउ
काठमाडौं । संखुवासभामा दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले भोटखोला गाउँपालिका–४ सिप्प्रङ की ६ बर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटोमै नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ बर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।
बैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाईबुहारी कल्पना (गुरुङ) तामाङ बीच झै–झगडा भएको थियो । झै–झगडाका क्रममा भाईबुहारी कल्पनाले भजिती छोरी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाईते भएकी थिइन् ।
गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो ।
नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीले गोपालकी भाईबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ ।
घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Comments
अरु समाचार
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
ठूला प्रकरणमा होमिएपछि चुलिदै अख्तियार प्रमुख राईको चर्चा
काठमाडाैं । भ्रष्टाचार प्ररकणमा साहसिक कदम चाल्न कस्सिएका अख्तियार प्रमुख प्रेम राईको प्रसंसा शुरु भएको छ । प्रमुख राईले अख्तियार...
-
मुद्दा माधवविरुद्धः आक्रोश प्रचण्डदेखि राजेन्द्र र प्रकाश ज्वालासम्म किन ?
काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कोलाहाल मच्चिन थालेको छ । संवैधानिक निकायले आफ्नो...
-
विचाैलिया प्रभावमा स्वास्थ्य विभागः आर्थिक अपचलनमा छलाङ !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले रोचक किस्सामा अलमलिदै अनाधिकृत भुक्तानीका चाङ थप्न थालेको आरोप लागेको छ । कानूनसम्मत भन्दै विभागले...
-
मन्त्रीको पाँच तले पक्कि घरको झ्याल फोडेर चोरी
काठमाडौं । नेपाल सरकारको संघीय पर्यटन राज्यमन्त्री को घरमा चोरी भएको छ । कैलालीको लम्किचुहा नगरपालिका–४ स्थित पर्यटन राज्यमन्त्री अरुणकुमार...
-
गोली हानेर अमेकिकामा दुई इजरायलीको हत्या !
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएको छ। स्रोतले बीबीसीको भगिनी च्यानल सीबीएसलाई...
-
घरमाथि रुख ढल्दा बुहारीको मृत्यु, सासू घाइते
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्।...
-
लागू औषध ब्राउन सुगरसहित चारजना पक्राउ !
काठमाडौं । प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले...
-
रसुवामा ठूलो परिमाणमा सुन बरामद !
काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरीले जानकारी...