‘उनको स्वीटर’ सामान्य जिवनको सुन्दर प्रेमालय !
काठमाडौं । बैसाख २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र उनको स्वीटरले लगातार तेस्रो हप्तासम्म सिनेमाहलहरुमा आफ्नो पक्कड कायम राख्दै सफल चलचित्रको रुपमा आफ्नो नाम स्थापित गरेको छ । पूर्वको पाटन, लेक र बेंसीको भूगोलका सुन्दर प्राकृतीक परिवेशमा कलाकारहरुको उत्कृष्ट अभिनयका साथ छायाकंन गरिएका दृश्य र कथाले ऊनको स्वीटरलाई जिवन्त बनाएको छ ।
आर्टमाण्डुको प्रस्तुतिमा तयार भएको यस चलचित्रले दर्शकहरुको असिमीत माया, साथ र स्नेह मात्रै नभएर व्यावसायिक रुपमा पनि सफल चलचित्रको रुपमा पनि स्थिापीत भएको छ । नीर्माताका अनुसार प्रर्दशन भएको लगभग तेस्रो हप्तासम्ममा चलचित्रले १० करोड ५ लाख ग्रस कलेक्सन गरेको निर्माताले जनाएका छन् ।
नविन चौहानको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा लोकपृय अभिनेता विपिन कार्की, अभिनेत्री मिरुना मगर, सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, मेनुका प्रधान, एलेक्स पारस, परीक्षा लिम्बु लगायतका कलाकारहरुको अभिनय छ । त्यस्तै युवापुस्ताका पृय गायक सुजन चापाँगाइका गित र संगीतले चलचित्रलाई जिवन्त बनाएका छन् ।
पूर्वीभागका सुन्दर प्राकृतीक परिवेशमा छायांकन गरिएको यस चलचित्रमा लिम्बु बाहुल्य समाजमा ब्राम्हण समुदायका धरणीधर काफ्ले(विपिन काफ्ले) र गुरुङ समुदायकी पात्र फूल (मिरुना मगर) बीचको प्रेमील कहानी कुदिएको यस चलचित्रको कथाले नेपाली समाजमा हुने अन्तरजातीय प्रेमलाई श्रव्यदृश्यको रुपमा चित्रण गरेको छ । त्यस्तै चलचित्रमा नेपाली समाजमा हुने जातीय विभेद र छुवाछुतलाई प्रस्तुत गरिएको छ ।
उनको स्वीटर सामान्य जिवनमा सामान्य ढंगबाट प्रेमलाई अनुभव गर्नेहरुले असाध्यै रुचाउने चलचित्र हो । वास्तविक जिवनमा उनको स्वीटरले शरिरलाई जति न्यानो अनुभुति गराउँछ चलचित्रले दर्शकलाई त्यस्तै न्यानोपनको अनुभव गराएको छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
महानायक अभिनित चलचित्र ‘नरसिंहाः अवतार’ आजबाट प्रर्दशन
काठमाडौं । आजबाट महानायक राजेशहमाल अभिनित नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । नेपाली सिने जगतका लोकपृय...












