ताजा समाचार

एलिना चौहानलाई अर्मयादित कमेन्ट गर्ने प्रहरी नियन्त्रणमा

काठमाडौं । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई रहेको प्रहरीले जनाएको छ । राईविरूद्ध अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लग्ने तयारी गरेको प्रहरीको भनाई छ।

गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन्। त्यसमध्ये एक जना समातिएका हुन्।

पछिल्लो समय सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्नेहरुका विरुद्ध एलिना र अर्की गा

यिका समीक्षा अधिकारीले सामाजिक सञ्जालबाटै प्रतिवाद गर्दैै आएका थिए । अति भएको भन्दै चौहान साइबर व्यूरो पुगेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org