ताजा समाचार

१३१ किलो गाँजासहित भारतीय प्रकाउ

काठमाडौं । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका–२ आँपटारबाट भारतीय नागरिक सरहज मियाँ गाँजासहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार भारतीय नम्बरप्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ ।

सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको थियो । पक्राउ परेका मियाँ बिहारको रक्सौलका बासिन्दा हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org