ताजा समाचार

कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या !

काठमाडौं । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org