भारतमा प्रहरी इन्काउन्टरः ह*त्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली मा*रिए !
काठमाडाैं । भारतमा हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक प्रहरीको इन्काउन्टरमा मारिएका छन्। दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको थियो।
जोरा प्रमुख भारतीय सहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ। उनीविरुद्ध धेरै मुद्दा थिए। उनीमाथि मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरीमा समावेश भएको आरोप थियो।
नवभारत टाइम्सले उनको नेपाली ठेगाना कैलाली लालपुर रहेको जनाएको छ। जुन गोदावरी नगरपालिका-६ मा पर्छ। भारतीय प्रहरीकाअनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए। उनीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार समेत घोषणा गरिएको थियो।
चोरीको मुद्दामा प्रहरीले जोराका एक सहयोगीलाई पक्राउ गर्दा सोधपुछका क्रममा उनी नै मुख्य योजनाकार रहेको नाम बाहिर आएको थियो। गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा भएको सोमबारको कारबाहीका क्रममा जोराले गोली चलाएको र इन्स्पेक्टर नरेन्द्र शर्मा जोगिन सफल भएको भारतीय प्रहरीले जनाएको छ।
प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरी दाबी छ। उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएकोमा मृत घोषित भएका थिए।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











