प्रहरीका ८ सय बढी हतियार अझै गायब !
काठमाडौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब छन् । २३ र २४ भदौमा देशभर भएको जेन–जीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो ।
प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेको तस्बिर, भिडिओमा समेत देखिन्थ्यो । तीमध्ये तीन सयभन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन् ।
तर अझै ८ सय भन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् । हतियार खोज्नका लागि समिति नै बनाएर अहिले काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।
प्रहरीका हतियार अहिलेसम्म गायब हुँदा सुरक्षा चुनौती बढ्दो छ भने यता सुरक्षाकर्मी भने हतियारविहीन हुनुपर्ने अवस्था छ । लुटिएकामध्ये केही हतियार नेपाली सेनाले बरामद गरेको थियो । केही हतियार तथा पेस्तोलसहित प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो । तर अझै ठूलो संख्यामा हतियार गायब रहेको पाइएको छ ।
प्रदर्शनको क्रममा प्रहरीका हतियार नै बोकेर आन्दोलनकारी हिँडेका थिए । प्रहरीलाई आत्मसमर्पण गर्न लगाउनेदेखि बर्दी र हतियार फुकाल्न लगाउनेसम्मका काम भएका थिए । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक गरी तीन प्रहरीले आन्दोलनमा ज्यान समेत गुमाएका थिए । केहीले भने भागेर र आत्मसर्पण गरेर ज्यान बचाएका थिए ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












