विदेशी केटीलाई जिस्क्याएपछि…
काठमाडौं । नेपालीको छुकछुके बानी, कहिल्यै नजाने † शान्ति सेनाअन्तर्गत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायमाझी एउटी डच ‘नेदरल्याण्डी’ सैनिक युवतीमाथि यौन दुव्र्यवहार गरेपछि छानबिनमा परेका छन् ।
अनुसन्धान प्रक्रिया टुङ्गिनासाथ उनलाई नेपाल फर्काइने भएको छ । ती युवती पनि आफ्नो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन् । यसैबीच, नं.९ बाहिनी सिन्धुलीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल सूर्य अधिकारीले अवकाशप्राप्त पूर्वप्रमुख सेनानी अनिरुद्रसिंह नगरकोटीको ३२ लाख लगानी गरिदिन्छु भनेर भुस बनाइदिएपछि परेको उजुरीउपर जंगी अड्डामा छानवीन शुरु भएको छ । पूर्वयुवराज दीपेन्द्र शाहसँगै भक्तपुर खरिपाटीमा वि.सं. २९० तालिम लिएकाहरुको पनि बिजोगका दिन शुरु भएको छ । यिनैमध्येका हुन्, रामजी थापा । धुञ्चेमा गणपति रहँदा तिब्बततर्फ रक्तचन्दन तस्करीमा संलग्नताको आरोपसहित जेल जीवन बिताए ।
हाल पोखरातिर जग्गा दलालीमा व्यस्त छन् । दीपेन्द्रसँग तालिम गरेकै कारण ‘शाही बेसिक’ भनेर चिनिने उक्त टोलीकै हुन्, सबुज गण गजुरीमा ‘नाचु’ नामले चर्चित गणपति रामेश्वर सुवेदी पाहुना । पुग्दा स्वागत गरेको नाममाएउटा फूलको मालाको हिसाब ६० हजार देखाए । कोकाकोला पिएको हिसाब ४० हजार बनाए । यसरी ४५ लाखको टोयोटा गाडी चढ्ने हैसियतमा पुगे । ‘अति’ भएपछि ‘खति’ त हुने नै भयो । कोर्टमार्शलमा परे । बढुवा नहुने पक्का भएपछि अहिले खाडीतिरको रापमा पुगेर पुर्पुरो सुम्सुम्याइरहेका छन् ।
पूर्वतिर गुल्मपति हुँदा राशन काण्ड लागेर बढुवा कट्टीमा परेका प्रमुख सेनानी बुद्धि खड्का पनि ‘शाही बेसिक’ कै हुन् । पत्नीलाई स्तन क्यान्सर भएपछि ब्याचीहरुसँग पाँच–सात लाखका दरले सापटी लिएर उपचार त गराए । तर, सिन्धुली, दुधौलीस्थित पहिला माओवादी लडाकुको शिविर रहेको ठाउँमा गणपति हुँदा उनले निर्माण गरेको भवन एक बर्षमै ढलेपछि फेरि छानवीनमा परेका छन् । र, फेरि पनि पाँच वर्ष बढुवाबाट बञ्चित भएका छन् ।
त्यही बेसिकका एक नम्बर फुटबल खेलाडी प्रसे वसन्त गुरुङको प्रमोशन बोर्डमा नाम त प¥यो, तर १२ कक्षा वा आइएको प्रमाणपत्र बुझाउन नसकेपछि राजीनामा दिई घरतिरै थन्किएका छन् । अर्का छन्, ‘मासुख’ भनी बोलाइने माधवसुन्दर खड्का । महासेनानीमा बढुवा भएको चार–पाँच महिनामै राजीनामा दिए । अहिले देश छाडेर अन्तै जाने तयारीमा छन् । सोझा, राम्रा मानिने रघु थापा दुईपटक हतियार हराएको काण्डमा परिसके । पत्नीलाई स्तन क्यान्सर लागेपछि तनावमा छन् ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...