सपनामा नचिनेका महिलासँग यौनसम्पर्क के भएको होला ?
म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर हप्ताको एक–दुई पटकजस्तो स्वप्नदोष हुन्छ । सपनामा आफूले चिनेका अनि नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । भोलिपल्ट सपनाका कारण मनमा छटपटी हुन्छ । यस्तो समस्या किन हुन्छ रु यस्तो समस्या यौन क्रियाकलाप नभएका कारणले हुन्छ वा मेरो जस्तो उमेरमा सबैलाई हुन्छ अथवा ममा कुनै मनोवैज्ञानिक असरका कारण यस्तो भएको हो ?
मनोविद् करुणा कुँवरको जवाफ :
मिस्टर जी,
स्वप्नदोषलाई अनुसन्धानकर्ताहरूको भाषामा नक्र्टनल इमिसन्स भनिन्छ र यो विशेष गरी उठ्ने समयमा हुन्छ । २०१४ मा प्रकाशित जर्नल ‘ड्रिमिङ’ मा उल्लेख भएअनुसार यदि पुरुषहरूको यौन सम्बन्ध वा हस्तमैथुनद्वारा स्खलन भएको छैन भने उनीहरूलाई नक्टर्नल इमिसन्स हुने सम्भावना बढी हुन्छ, तर यसो भन्दैमा यौनसम्बन्ध हुने पुरुषमा नक्र्टनल इमिसन्स हँुदैन भन्नेचाहिँ होइन, तर ती पुरुषमा नक्र्टनल इमिसन्स भने कम मात्रामा हुन्छ ।
विभिन्न अनुसन्धानमा पुरुषहरूले सपनामा किसिङ, यौन क्रियाकलापजस्ता व्यवहार कुनै महिलासँग वा आफ्नै साथीसँग गरेको देख्दा नक्र्टनल इमिसन्स हुने गरेको प्रतिक्रिया दिएका छन् । नक्र्टनल इमिसन्स विशेष गरेर किशोर वा वयस्क अवस्थामा हुन्छ ।
कुनै–कुनै अवस्थामा हार्मोनका कारणले पनि यस्तो हुन्छ । जस्तै २०११ को एक अनुसन्धानअनुसार केटाहरू जसको सेक्स हार्मोन कम निस्कन्छ उनीहरूले टेस्टोटेरिन हार्मोन खान थालेपछि पनि नक्र्टनल इमिसन्स हुने सम्भावना हुन सक्छ ।
नक्र्टनल इमिसन्स पुरुषसँग सम्बन्धित व्यवहार भए पनि यसो हुनुमा विभिन्न तत्त्व कारक हुन सक्छन् । तपाईंको कुराअनुसार तपाईंमा डर, चिन्ता जस्ता समस्या छ जस्तो देखिँदैन । हाल २७ वर्षको हुनुहुन्छ र अहिले तपाईंको उमेरका कारण स्वप्नदोषको अनुभव गर्नुभएजस्तो देखिन्छ । यदि लामो समयसम्म यस्तै समस्या कायम रहे विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












