आफ्नै श्रीमानको मृत्यु ब्रेकिङ न्यूजमा पढेपछि…
रायपुर ‘भारत’ । सधैंझै शनिबार बिहान पनि भारतको एक टेलिभिजनकी समाचारवाचिका सुप्रित कौर स्टुडियोमा छिरिन्। समाचार पढिरहेको बेला एउटा ब्रेकिङ न्यूज आयो– सडक दुर्घटनामा तीन जनाको मृत्यु। छत्तीसगढका क्षेत्रीय टिभी च्यानलकी समाचारवाचिका सुप्रितले त्यही बेला घटनास्थलमा संवाददातालाई फोन लगाइन्। र, घटनाका बारेमा थप जानकारी मागिन्। मासामुन्ड जिल्लाको पिठौरामा भएको उक्त दुर्घटनाबारे जब संवाददाताले फोनमा वर्णन गर्न थाले तब सुप्रितले थाहा पाइन्, त्यो गाडीमा त उनका श्रीमान् हर्षद कावाडे पनि थिए। उनले मृतकको सनाखत भइनसकेको बताए। उनले केही नभएजस्तो गरी आफ्नो भावनालाई काबुमा राखेर समाचार वाचन पूरा गरिन्। समाचार सकिएपछि उनले फेरि संवाददातालाई फोन गरिन्। आफ्नो श्रीमानको मृत्यु पुष्टि भयो। सुप्रितका साथीहरुले उनले व्यक्तिगत पीडामा पनि आफूलाई सम्हालेर कामप्रतिको दायित्व निर्वाह गरेको भन्दै तारिफ गरेका छन्। कौर आइबिसी २४ टिभी च्यानलमा ९ वर्षदेखि काम गरिरहेकी छन्। हर्षदसँग एक वर्षअघि मात्रै उनको विवाह भएको थियो।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












