सुन्दरीले प्रहरी च्याप्पै समातेपछि…
पत्याउनुहुन्छ ? काठमाडौंमा मोडलिङको नाममा उच्चस्तरीय जीवनयापन गर्ने युवतीले एकचोटि दुबई छिर्नमात्र पाए काठमाडौं विमानस्थलका प्रहरीलाई हाताहाती ५० हजार नगद, स्टार होटलमा एक रातको खानपानसहित यौनसम्पर्कको व्यवस्था पनि गरिदिन्छन् । नपत्याए, महानगरीय प्रहरी परिसरको हिरासतमा पाता कसेर राखिएका प्रहरी हवल्दार महनीलाल बसेकलाई भेट्नुस् र सोध्नुस् । राणाकी छोरी बताउने एक युवतीले यस्तो प्रस्ताव मात्र राखिनन्, होटलमा बोलाइवरी पुलिसको जिम्मा लगाएर खोरमा पठाइन् । आइतबार दरबारमार्गस्थित होटल उडल्याण्डबाट पक्राउ परेका नवलपरासी स्थायी घर भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा गार्ड दरबन्दीका बसेकले युवतीहरुसँग गरेको यस्तो कारोबार पहिलो थिएन । त्यहाँ सिपाही र हवल्दारमार्फत हाकिमसम्मलाई यस्तो रकम र मस्तीको व्यवस्थापन हुने कुरा हिरासतमा पुगेपछि उनैले खुलासा गरिसकेका छन् । तर, एक महिनादेखि दुबई जाने नाममा सम्पर्कमा आएकी सरु राणा (नाम परिवर्तन) ले आइतबार फसाइदिएको हाकिमहरुलाई सुनाएका छन् । हवल्दारले बताएअनुसार, काठमाडौंमा महँगो गाडी चढ्ने, महंगा होटल, क्याफे र पबहरुमा टहलाउने र त्यहीस्तरका ग्याजेट चलाउने युवतीको दुबई आवत–जावत बाक्लिएको छ । अन्तरदेशीय चेलिबेटी बेचबिखन क्रममा विमानस्थलको बाटो हुँदै नेपाली युवती खाडी मुलुक पु¥याइने र त्यहाँ पुगेर बिचल्ली हुने असंख्य उजुरीका कारण काठमाडौं विमानस्थलमा युवतीहरुलाई खाडी मुलुक प्रवेशमा कडाइ गरिँदै आएको छ । कामदार भिसामा महिलालाई खाडी प्रवेशमा रोक लगाइएको छ । तर, सम्बन्धित देशबाट पर्यटक भिसा जारी गरिएको अवस्थामा विदेशको सम्पर्क व्यक्ति वा कम्पनी, होटल बुकिङको सक्कली कागजात, होटलको सम्पर्क नम्बरहरु भेरिफाई गरेर प्रहरीले तिनलाई विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा छिर्न दिने गरेको छ । आजकल दुबई खाडीको बैंकक शहरका रुपमा चिनिने गरेको छ । खाडी मुलुक भए पनि त्यहाँ सबैखाले मनोरञ्जनका साधन उपलब्ध छन् । र, पछिल्लो समय थाइल्याण्डको यौन पर्यटनमा आएको गिरावटपछि दुबईमा विदेशीको आवत–जावत बढ्न थालेको प्रहरीले जनाएको छ । आइतबारको घटनाबारे युवतीले एक टेलिभिजन च्यानलको न्युज टिमलाई पूर्व जानकारी दिएकी थिइन् । सादा पोशाकका प्रहरी पनि साथै थिए । होटलको एउटा छेउमा बसेर उनीहरुबीच रकमको बार्गेनिङ चलिरहेको थियो, जुन दृश्यलाई क्यामेराले कैद गरिरहेको थियो । कुराकानी हुँदाहुँदै प्रहरीले हवल्दारलाई रंगेहात समातेको हो ।
जनआस्था साप्ताहिकमा खबर छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












