एक्लै हुनुहुन्छ ? अब यसरी लिनुहोस् यौन आनन्द
एचआईभी/एड्सको महामारी बढेपछि एक व्यक्तिले अर्कोको यौनाङ्गमा प्रवेश नगराई यौन आनन्द प्राप्त हुने तथा शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआउने सुरक्षित वैकल्पिक यौन उपायहरूको खोजी हुन थाल्यो । यौन परिकल्पनासँगै हस्तमैथुनबाहेक यौन संवेदनशील अङ्गमा चुम्बन एउटा यस्तै उपाय हो । त्यसो त चुम्बन ‘अधरपान’ माया, स्नेह प्रदर्शन गर्ने माध्यम पनि हो । यसका अनेक रूप छन् । यौन आनन्द प्राप्त गर्न ओठमा बाहेक गर्दन, छाती, स्तन, नाभी, नितम्ब, यौनाङ्ग, खुट्टाका औंलामा समेत चुम्बन गर्न सकिन्छ ।
त्यसैगरी आलिंगनमा लिई शारीरिक अङ्ग सुमसुम्याउनु स्नेह प्रदर्शन गर्ने एउटा प्रभावकारी उपाय हो । केश, स्तन, स्तनको मुन्टो, तिघ्रा, यौनाङ्ग वा शरीर घर्षण पनि यौन सुखदायक मानिन्छन् । त्यसैले पनि यौन दुव्र्यवहार गर्नेहरू महिलाका संवेदनशील अङ्गहरूको स्पर्श गरी यौन आनन्द लिन लालायित देखिन्छन् । परापूर्व कालदेखि नै मानिसहरू यौन साहित्यमा वर्णन गरिएका शब्दचित्रमार्फत यौन परिकल्पनामा डुब्थे वा यौन उत्तेजक दृश्य सामग्री अवलोकन गरी यौन आनन्द प्राप्तिमा लागेको अनुभवले देखाउँछ । अहिले सूचना–प्रविधिको विकाससँगै ठूलो परिवर्तन आइसकेको छ ।
यौन र गन्ध
मानव शरीरभरि तथा विभिन्न प्रणालीमा ग्रन्थिको उपस्थितिसँगै ग्रन्थिरस उपलब्ध हुन्छ । शरीरको बाह्य पत्र अर्थात् छालालाई हल्का तैलीय राख्न पनि छालामुनि रहेका ग्रन्थि निरन्तर सक्रिय अवस्थामा रहन्छन् । त्यसका अतिरिक्त काखी, काछ तथा स्तनमुनि पृथक गन्धको रस उत्पादन हुन्छ भने यौनाङ्ग विशेष तथा सहायक यौनाङ्ग ‘स्तन’ बाट छुट्टै श्राव उत्पादन हुन्छ । तैलीय तथा एपोक्राइन ग्रन्थिमध्ये पछिल्लोको ग्रन्थिबाट उत्पादित ग्रन्थिरसले विशेषतस् यौन आकर्षणको भूमिका निर्वाह गर्छ अर्थात् फेरोमोनको काम गर्छ । यी सबैको समुच्चा अवस्थाले व्यक्ति विशेषमा पृथक खालको गन्ध उत्पन्न हुन्छ ।
ग्रन्थिरसको उत्पादनमा उमेर विशेष वा महिलामा भए मासिक श्राव चक्रको समय विशेषमा पृथक् गन्ध प्रवाह हुन्छ । त्यही भएर लामो समयसँगै बसेकाहरूले एक–अर्कालाई गन्धका माध्यमबाट पनि चिन्न सक्छन् । मानसिक तनाव वा उत्तेजनाको अवस्थामा त्यस्ता ग्रन्थि बढी सक्रिय भै त्यसमा ब्याक्टेरिया सिर्जना हुनसक्छ, जसबाट दुर्गन्धसमेत फैलन्छ । प्राकृतिक रूपको यस्तो गन्ध छोप्न कृत्रिम बास्नादार स्प्रे ‘परफ्युम’ को प्रयोगबाट क्षणिक फाइदा पुगे पनि यो राम्रो कुरा होइन, तैपनि यस्तो परफ्युमले समय विशेषमा थप यौनिक मादकता प्रदान गर्छ भने कतिपय अवस्थामा प्रतिकूल परिणाम ल्याउँछ ।
हरेक मानिसमा समयअनुसार गन्धको प्रकृति फरक–फरक हुनसक्छ । त्यही भएर महिला यौन साथीले आराम गर्नुपर्ने बेलामा पुरुषलाई चित्ताकर्षक नलाग्ने गन्ध निस्कन बेर लाग्दैन । महिनावारी, गर्भावस्थामा तथा प्रसावोत्तर समयमा श्रीमान वा पुरुष यौन साथी महिला यौन साथीप्रति यौनिक हिसाबले आकर्षित नहुनुको कारण पनि यही हो । व्यक्ति विशेषको पृथक् गन्धकै कारण यौन आकर्षण बढ्ने वा वितृष्णा पैदा भै दाम्पत्य जीवन थप सुमधुर हुने वा धरापमा पर्न सक्ने दुवै अवस्था रहन्छ । यसरी यौन क्रिया पूर्व स्पर्श, दृष्टि वा ध्वनिको जत्तिकै गन्धको भूमिका नभए पनि विशेष परिस्थितिमा गन्धको छुट्टै महत्व छ ।
कान्तिपुर साप्ताहिकबाट
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












