ताजा समाचार

कथा : सगोत्रीय प्रेम

म : ओई नरोऊ..कस्तो के तिमी त ? केटा भएर पनि रुने हो ?

उ :   केटाको चाहीं मन नै हुँदैन र ?

म : केटाहरु  Strong हुन्छन् । केटाहरुको मुटु केटीहरुको भन्दा ५० ग्राम बढी हुन्छ रे !

उ : तेसो त म हरेक दिन ५० ग्राम बढी रोइरहेको छु ।

उसले Massanger  मा  Sad  इमोहरु पठाउँदै भन्दै थियो, ‘सन्चो छैन, टाउको एकदम दुखेको छ ।’

उसको बिसन्चोको कारण र रुनुको कारण धेरै दिन अघिबाट ‘पछि भन्छु’ भन्दै त्यही दिन भनेको थियो ।

हुन त म ‘फिल्म’ हेर्दा त रुने मान्छ ! उसले पठाएका हरेक म्यासेज पढिरहँदा मेरा आँखाहरु कहिल्यै ओभानो रहँदैनन् ।

उसका कुराहरुले मलाई गाह्रो भयो । मुटु नै तल झरे जस्तो लाग्यो ।

र, मलाई निदाउन पनि दिएन्  ।

उसको र मेरो मित्रता त्यति पुरानो थिएन ।

गाउँ एउटै  भएपनि हाम्रो भेट फेसबुकले गराएको थियो या भनौ अमेरिकाले गराएको थियो ।

यहाँ आएपछि भेट भएको ऊ मेरो पहिलो साथी थियो । नयाँ परिवेश र नयाँ ठाउँमा आत्तिदा, निराशिदा कयौं पटक उसले मलाई हौसला अनि धैर्यताको पाठ सिकाउने गर्दथ्यो । मलाई लाग्थ्यो, म उसलाई बच्चादेखि नै चिन्थें । ऊ मेरो नजिकको साथी हो । उमेरले म भन्दा सानो थियो । म उसलाई तिमी भन्थें ऊ मलाई तपाईं भनेर सम्बोधन गथ्र्यो ।

फेसबुकमा मेरा अन्य साथीहरु नभएका होइनन् । तर, किनकिन मलाई आफ्ना सबै कुरा उसैलाई नै सेयर गर्दथें ।

कतिपय मेरा समस्याहरु उसले हाँसेर उडाई दिन्थ्यो ।

मानौ,

त्यो केहि हैन ।

एउटा Hensome अनि  Funny मान्छे भित्रबाट यति धेरै दुःखी होला भन्ने मैले सोचेकी पनि थिइन ।

उसलाई रुवाएको थियो प्रेमले । उसले कसैलाई माया गर्दो रहेछ । उनिहरुले एकअर्कालाई अति नै माया गर्ने रहेछन् । त्यो पनि झन्डै चार बर्ष अघिबाट । जब ऊ बाहिर आउने भयो तब घरमा सबै कुरा भनेछ । र, बिहेको कुरा गरेछ । तर,अपसोच उनिहरुको एउटै गोत्र परेछ ।  हिन्दु धर्ममा गोत्र भनेको पुराना ऋषिको नाम हो । र, एउटै गोत्र हुनेहरु एउटै ऋषिका सन्तान हुन । सोही कारण एउटै गोत्र हुनेहरुबीच बिहेबारी चल्दैन । त्यसैले घरमा “बरु अरु जो सँग भने पनि भन गरिदिन्छौ । तर, यो बिहे हुँदैन भनेछन् । भनिन्छ नि, माया गर्नु पाप होइन । आखिर हो भने उसले के को सजाय भोगिरहेको छ त ?

ऊ न त बुवा आमाको बिरुद्धमका जान सक्छ न आफ्नो मायालाई छोड्न सक्छ ।

ऊ भन्दै  थियो ।

‘म कुन हालतमा गुज्रिरहेको छु कि, मेरो जिन्दगी कहाँ के हुन्छ, कहाँ गएर अन्त्य हुन्छ मलाई नै थाहा छैन । हजुरले मलाई केयर गर्नुहुन्छ र सल्लाह दिनुहुन्छ भनेर  कसैलाई पनि नभन्नु ल प्लिज ।’

तिमीले कसैलाई नभन्नु भनेका त  थियौ ।

तर, जती नै मौन बस्न खोजे पनि

यी औंलाहरु कोरीनबाट मैले रोक्न सकिन, माफ गर है !

उसलाई सम्झिएँ,उसको आँखामा सजिएको मायालाई सम्झिए । र, उसलाई सपना बनाएर आँखामा सजाउनु भएको उसको आमा र बाबालाई सम्झिएँ, मेरा शरिरका हरेक रौहरु पुस र माघको जाडोमा कठ्याङग्रिए झै ठाडा भए । जिउ सिरिङ्ग भयो  । मनमस्तिष्क भने ज्वालामुखी विस्फोटका लाभा झै तातिएर आए । म नाजवाफ भएँ ।

उसले भनेका कुरा, उसको स्थिति, उसले पठाएका रोएको फोटाहरु एकएक गर्दै  ‘फ्ल्यास ब्याक’  हुँदै मेरो मानसपटलमा झल्किरहेको थियो ।  म ऊ जस्तै बनेर सोचिरहेकी थिएँ । उसले आफ्नो धर्म संस्कारलाई कती धिक्कारी रहेको होला, हिन्दु हुनुको अर्थ देखेको छैन होला ।

सायद,

उसलाई कुनै पश्चिमा देशमा नजन्मिएको, कृश्चियन, मुसलवान नभएकोमा पछुतो होला ।

हुन त म पनि हिन्दू नै हुँ । म धर्मलाई मान्छु  । सबै धर्मका आआफ्ना नीति नियम छन् । संस्कार छन् । राम्रा–नराम्रा पक्ष सबैमा हुन्छ । हामीले उज्यालोलाई स्विकारे पछि अँध्यारोलाई पनि स्विकार्नुपर्छ । त्यसैले मलाई धर्मप्रति गुनासो नभई हाम्रा अभिभावकप्रति छ ।  मलाई वंशजकोरुपमा मात्र नलिएर यदी बाबु र आमाले सन्तानलाई धर्मप्रति जानकार बनाउने र संस्कार सिकाउने भए आज उसले रुनु पर्दैन थियो होला ।

सायद,

उनिहरुलाई रितिरीवाज र गोत्र थाहा भइदिएको भए सम्बन्ध नै अघि बढाउने थिएनन् होला ।

र, आज ४ वर्षपछि आएर रुनु पर्दैन थियो होला ।

मेरो पनि अभिभावक हुनुहुन्छ ।

र, भोलि म पनि हुनेछु । हुन त म गलत हुन सक्छु । मेरा सोचाई गलत हुन सक्छन् ।

तर, पनि मेरो विनम्रता छ आमा, बुवा, दाजु, दिदीहरु,

सन्तानलाई जन्माउने, हुर्काउने, पढाउने, ठूलो  मान्छे बनाउने सपनासँगै आफ्नो धर्म, संस्कार पनि सिकाउनुहोस् । जानकार बनाउनुहोस् ।

 

 

पुजा पराजुली,कास्की
हाल : टेक्सास, अमेरिका

 

यो पनि पढ्नुस् । 

 

http://news-nepal.com/%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE-%E0%A4%AE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AC%E0%A5%87%E0%A4%B9%E0%A5%81%E0%A4%B2%E0%A4%BE-%E0%A4%AC%E0%A4%BF%E0%A4%A8%E0%A4%BE-%E0%A4%AC%E0%A5%87/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org