विवाहमा दाइजो मागेपछि दुलाहालाई जुत्ताको माला !
भारत । सामान्यतया विवाहपछि प्रायः जोडीको रमाइलो दाम्पत्य जीवन सुरु हुन्छ । तर, भारतका एक दुलाहालाई भने नवदुलहीले तीन घण्टामा नै सम्बन्धविच्छेद गरिदिएकी छिन् । ‘लोभी’ दुलाहाले धेरै दाइजो मागेपछि सिन्दुर हालेको तीन घण्टामै दुलहीले सम्बन्धविच्छेद गरेर अर्को पुरुषसँग विवाह गरेकी हुन् । दाइजोको विषयलाई लिएर बेहुलीपक्षले दुलाहाकोआधा कपाल मुन्डन गरी जुत्ताको माला लगाइदिएका थिए । पूर्वी भारतको चन्दवा गाँउका १८ वर्षीय रुबना पर्भिन र १८ वर्षीय मुन्ताज अन्सरीको बुधबार विवाह भएको थियो ।परम्परागत विवाहपछि रिक्सा चालक बेहुलाले दाइजो र महँगो मोटरसाइकल मागेका थिए ।
बेहुलीका बाबु बसिर पर्भिनलेबेहुलाका लागि जसोतसो मोटरसाइकल जुटाएका थिए । तर, मुन्तज त्यतिमै सन्तुष्ट देखिएनन् र नयाँ मोडेलको बाइक ‘डिमान्ड’ गरे । ‘आफूलाई जे दिइएको छ त्यसैमा चित्त बुझाउन दुलाहालाई सबैले कर गरेका थिए, तर बेहुलाले दुलही नलिई घर जाने धम्की दिएपछि परिस्थिति अप्रिय बनेको थियो । ‘दाइजोकै विषयमा दुलाहा र दुलहीका बाबुबीच ठूलौ बहस भयो । विवाहमण्डपको दृश्य निकै डरलाग्दो थियो,’ एक साक्षीको भनाइ उद्धृत गर्दै डेलीमेलले लेखेको छ ।
दुलाहाले दाइजोस्वरूप नयाँ मोडेलको बाइक डिमान्ड गरेपछि दुलही पक्षले दुलाहालाई जुत्ताको माला लगाएर चार पाटा मुडिदिए
झगडा बढेपछि बेहुली रुबनाले स्थानीय मुस्लिम न्यायाधीश क्वाजीलाई बोलाइन् । परिवारको समर्थनमै उनले सबैका अगाडि तीनपटक ‘तलाक’ शब्द घोषणा गरिन्, जुन शब्दले मुस्लिम धर्मअनुसार सम्बन्धविच्छेद गरेको अर्थ लाग्छ । स्थानीयको दबाबपछि दुलाहालाई लगाइदिएका गरगहना दुलाहा पक्षले फिर्ता गरेको थियो । आक्रोशितस्थानीयले यसअघि आफैँले टीका लगाएका दुलाहालाई जुत्ताको माला लगाइदिएका थिए । स्थानीयले दुलाहाको घाँटीमा ‘दहेजका लागि म लोभी हुँ’ लेखेको प्लेकार्ड झुन्ड्याइदिएका थिए । त्यसपछि उनीहरूले दुलाहा र उनका भाइको आधा कपाल मुन्डन गरिदिएका थिए ।
सोही साँझ चार सन्तानका पिता बसिरलेएउटा स्थानीयसँग छोरीको विवाह गरिदिएका थिए । ‘मलाई कुनै पछुतो छैन । मेरी छोरीले लोभी मान्छेसँग जिन्दगी बिताउनु त परेन,’ बसिरले भने,‘लोभीसँग सम्बन्धविच्छेद गरेर दोस्रोपटक विवाह गर्न पाउँदा छोरी औधी खुसी छिन् ,’ ५८ वर्षीय बसिर पेसाले होटेल सञ्चालक हुन् ।एजेन्सी
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












