५० हजार लिटर मानव मुत्रबाट ६० हजार लिटर बियर

काठमाडौं, २८ बैशाख । रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको बियर तयार गरेको छ । उक्त बियरको नाम हो, पिसनर । यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको थियो ।
रक्सी उत्पादन गर्ने कम्पनी नोरब्रोले चाहीँ आफुले बनाएको पिसनर बियरमा कुनैपनि मानवीय फोहोरको नभएको दाबी गरेको छ । वास्तवमा पिसनर बियर बनाउन जुन जौँ को प्रयोग गरेको थियो उक्त जौँ फलाउनका लागि मलखादको रुपमा उक्त संकलित मानव मूत्रको प्रयोग गरिएको थियो ।
सामान्य रुपमा मलखादको रुपमा जनावरको गोबर तथा कारखानाबाट उत्पादित रसायनिक मल प्रयोग गरिने भएपनि यो बियरका लागि उत्पादित जौँमा मानव मूत्रलाई मलको रुपमा प्रयोग गरिएबाट पिसनर बियर विशेष बन्न पुगेको हो ।
दुई वर्ष पहिले उत्तरी युरोपको सबैभन्दा ठूलो संगीत महोत्सव रोसकिलेका अवसरमा उक्त मानव मूत्र जम्मा गरिएको थियो । नोरेब्रोका सिइओ हेनरिक वांग भन्छन्, ‘जब हामीले यस तरिकाबाट बियर बनाउने विषयमा जानकारी दियौँ तब मानिसहरुलाई लाग्यो की बियरमा सिधै पिसाब हालिनेछ । त्यो सुनेर मानिसहरु खुब हाँसे’ ।
डेनमार्कको कृषि तथा खाद्य आयोगका अनुसार मानवीय मलमूत्रलाई मलखादका रुपमा यति ठूलो परिमाणमा प्रयोग गरिएको यो पहिलोपटक हो । मानव मूत्रलाई मलको रुपमा प्रयोग गरी फलाइएका जौँबाट बनाइएको यो बियर चाख्ने मध्येका एक हुन् एन्ड्रेस स्जोग्रेन । उनी सोही संगीत उत्सवमा पनि सहभागी भएका थिए जहाँबाट पिसाब संकलन गरिएको थियो ।
पिसाबको मलले फलेको जौँबाट बनेको बियर निकै स्वादिलो रहेको र यसमा पिसाबको कुनै गन्धन नभएको उनी बताउँछन् । ५० हजार लिटर पिसाबको प्रयोग गरी जति जौँ उत्पादन भयो त्यसबाट ६० हजार लिटर बियर उत्पादन गरिएको छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












