महिनावारी हुँदा मोडलको जागिर चट
काठमाडौं, १८ जेठ । एक कार निर्माता कम्पनीले एक मोडललाई महिनावारी भएको भन्दै जागिरबाट निकालिदिएको छ । २७ वर्षीया रिचेल रिकेर्टले कार निर्माता कम्पनी ह्यून्डेविरुद्ध मुद्दा दर्ता गर्दै महिनावारी भएका कारण जागिरबाट निष्कासन गरेको दाबी गरेकी छिन् ।
अप्रिल महिनामा न्यूयोर्क इन्टरनेशनल अटो शोमा ब्रान्डको प्रतिनिधित्व गर्दा उनलाई लज्जित महसुस गराइएको थियो । त्यतिबेला उनले आफूलाई ट्वाइलेट ब्रेकको आवश्यकता भएको स्पष्ट बताएकी थिइन् तर त्यतिबेला उनलाई समय उपयुक्त नभएको बताइयो । जसका कारण रचेलले समयमा प्याड परिवर्तन गर्न सकिनन् ।
ह्यून्डे मोटर अमेरिकाका अनुसार उनीहरुले आरोपीको अनुसन्धान गरिरहेका छन् । रचेलका अनुसार उनले आफ्नो अण्डरवेयर र कपडा परिवर्तन गर्न आवश्यक थियो र उनले ट्वाइलेट प्रतिनिधी एरिका सिफ्रेडलाई यसबारे जानकारी पनि दिएकी थिइन् ।
पछि उनले सिफ्रेडको एक टेक्स्ट मेसेज पाए जसमा भनिएको थियो, ‘आवश्यक परे राती छुट्टी लिन सक्छौ ।’ मोडलले बीबीसीलाई दिएको जानकारी अनुसार उनले घण्टाको हिसाबले पैसा पाउने भएकाले यसको विरोध गरिन् । अर्को दिन अप्रिल १४ तारिखमा उनी साधारण रुपमा काममा गइन् ।
रचेल रिकर्ट भन्छिन्, ‘१५ अप्रिलमा एरिका सिफ्रेन्डले मलाई अब ह्यून्देले उनलाई काममा राख्न नचाहेको किनभने उनीहरुलाई उनको महिनावारीको बारेमा थाहा भयो ।’ रचेलले बीबीसीलाई भनिन्, ‘म निकै अचम्ममा परें । म साँच्चै नै निकै डराएकी थिएँ र रुन सुरु गरें । यो वास्तवमा नै ठिक थिएन ।’
मोडलले अमेरिकी इक्वल इम्प्लोइमेन्ट अपरचुनिटि कमिशन (इइओसी) मा ह्यून्दे र सिफ्रेन्डको म्यानेजमेन्ट कम्पनी ‘एक्सपिरियन्सियल ट्यालेन्ट’ विरुद्ध भेदभावको मुद्दा दर्ता गरेकी छिन् । सिफ्रेन्डले यसबारे बीबीसीसँग कुनै पनि प्रतिक्रिया दिन नचाहेको बताएकी छिन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












