५ हजार ३ सय वर्ष पुरानो हत्याबारे प्रहरीले अहिले अनुसन्धान गर्दै
काठमाडौं, २३ जेठ । उत्तर इटलीको दूरदराज इलाकामा ५ हजार ३ सय वर्ष पहिले एक पुरुषको हत्या भएको थियो । अहिले पुलिसले उनको हत्याबारे अनुसन्धान थालनी गरेको छ । वास्तवमा ओएट्जटेलर आल्प्सको इलाकामा ओएटजी नामका यी हिममानव (आइसम्यान) को पिठ्युँमा कसैले तीर हानेका थिए जसका कारण उनको मृत्यु भएको थियो । उनको शव बरफमा वर्षौंसम्म गाडियो । यसप्रकारले ओएट्जी धर्तीको सबैभन्दा पुरानो र सबैभन्दा राम्रो तरिकाले संरक्षित गरिएको ममी बन्यो ।
ओएट्जी केसको अनुसन्धानः
सन् १९९१ मा पहिलो पटक उनको खोजी गरियो । वैज्ञानिकले त्यसको १० वर्षपछि उनको काँधमा लागेको तीरको अर्को हिस्साको खोजी गरेको छ । र अहिले पुलिसका सिनियर जासूसको एक समूहले ओएट्जीलाई कसरी मारियो भन्ने बारे अनुसन्धान गरिरहेका छन् ।
के ओएट्जीको हत्या गरिएको थियो ? कसले उनलाई मारेका थिए ?
साउथ टायरोल म्यूजियम अफ आर्कियोलोजीमा ओएट्जीको शरिर देख्न पाइन्छ । म्यूजियमका निर्देशक एंगेलिका फ्लेकिंगरले ओएट्जीको मृत्युको रहस्य सुल्झाउनका लागि व्यवसायीक जानकारको मद्दत मागेकी छिन् । म्यूनिख पुलिस डिपार्टमेन्टका डिटेक्टिभ चीफ इन्स्पेक्टर अलेक्जेन्डर हर्न ओएटजी केसको जाँच गर्नेछन् ।
उनी भन्छन्, ‘मैले अहिलेसम्म २० वा ३० वर्ष पुरानो केस ह्यान्डल गरेको छु । तर यसपटक मैले ५ हजार ३ सय पुरानो केस सुल्झाउनका लागि भनिएको छ ।’ सुरुमा अलेक्जेन्डरले कुनै मद्दत गर्न नसक्ने सोचेका थिए । उनले भने, ‘शव खराब स्थितीमा भएको हुनसक्ने मैले अनुमान गरें । तर चाँडै नै मैले थाहा पाएँ कि शव निकै राम्रो स्थितीमा छ । सायद म भएठाउँ आउने केही शवभन्दा निकै राम्रा ।’ अलेक्जेन्डर मुद्दाको अनुसन्धानका लागि ओएट्जटेलर आल्प्सको क्राइम सीनमा पनि जानेछन् ।
पछिल्लो २५ वर्षमा ओएट्जी केसमा जतिपनि खोजबिन भएको छ त्यसले अलेक्जेन्डरलाई सहयोग गर्नेछ । ओएट्जीको घाउ र उनको पेटले पनि हत्याको केही सुराग दिनसक्छ । अलेक्जेन्डर भन्छन्, ‘यो हत्याकै मुद्दा भएको हुनसक्छ । ओएट्जी अचानक भएको यो हमलाका लागि तयार थिएनन् । यस्तो लाग्छ कि उनलाई अलि टाढाबाट हमला गरिएको हो । हमलाकर्ता सय फुटको दुरीमा हुनसक्छन् ।’
उनी थप्छन्, ‘मारिएको एकाध घण्टा पहिले उनी त्यहाँ सायद आराम गरिरहेका थिए । सायद उनले धेरै खाएका थिए । त्यसकारण उनी त्यहाँबाट चाँडै जाने मन गरिरहेका थिएनन् ।’ ओएट्जीको दाहिने हातको घाउ पनि एक महत्वपूर्ण सुराग हो । मृत्यु भएको एक वा दुई दिन पहिले उनलाई यो घाउ लागेको थियो । सायद उनको कसैसँग झगडा भएको थियो ।
अलेक्जेन्डरका मान्यता अनुसार उक्त घाउ झगडाको क्रममा आफ्नो बचाउको क्रममा लागेको थियो । यसबाट यो पनि थाहा हुन्छ कि ओएट्जीले उक्त लडाईं जितेका हुनसक्छन् । आमने सामनेको लडाईंको हारेपछि हमलाकर्ताले ओएट्जीको पिछा गरेका हुनसक्छन् र त्यसपछि हमला गरेका हुनसक्छन् ।तर हत्याको उद्देश्य के हुनसक्छ भन्ने प्रश्न अझै उठ्न सक्छ ।
अलेक्जेन्डर भन्छन्, ‘हमलाकर्ताले आएट्जीको तामाको बञ्चरो र अन्य सामान लिएका छैनन् । त्यसकारण उक्त हमला कुनै फाइदाको लागि गरिएको जस्तो देखिन्नँ । यदि घृणा र रिसका कारण गरिएको हो भने यसबारे बताउन मुश्किल छ ।’
यद्यपी, म्यूजियमकी निर्देशक एंगेलिका फ्लेकिंगर ओएट्जीको केसको अनुसन्धानबाट निकै खुसी छिन् । उनका अनुसार मुद्दामा प्रगती भएको छ । तर अलेक्जेन्डर भने खुसी छैनन् । उनी केसलाई पूर्ण रुपमा सुल्झाउन सक्ने कुरामा विश्वस्त छैनन् । अनुहारमा थोरै मुस्कान ल्याउँदै उनले भने, ‘हत्यारा हत्या गरेर बचे । अनुसन्धानका लागि जिम्मेवार भएको नाताले यो मलाई मन परेन ।’ बीबीसीको सहयोगमा
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












