आजदेखि तराई क्षेत्रमा छठ पर्व सुरु
काठमाडौं, ६ कात्तिक । आजदेखि छठ पर्व विधिवत रुपमा सुरु भएको छ । छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइन्छ । छठ व्रत गर्नेहरुले सोमवार चौथीको दिन अर्थात आज अरवा अरवाइन गरी चोखोनिधो हुने गर्दछन् । छठ पर्वको सुरुवातसँगै तराईमा पोखरी, नदी, तलाउहरुलाई सरसफाई गर्ने र सिंगारिने कार्य सुरु भएको छ ।
छठको दोस्रो दिन भोलि अर्थात् पञ्चमीको दिनभरि उपवास बसी नहाखाय गर्ने गरिन्छ भने साँझ नबचुल्होमा व्रतालुहरुले चोखो परिकार पकाएर खाने गर्छन् । खिर बनाइ डाली अनुसार उत्सर्ग गरी आफू तथा आफ्नो परिवारजनलाई दिने गरिन्छ । यसरी पञ्चमी तिथिमा दिनभरिको निराहार बसाइपश्चात बेलुका फलाहार गरिने कार्यलाई खरना भनिन्छ ।
षष्ठीको दिन व्रत वस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठकुवा , भुसुवा , केरा फलफुल, पान , सुपारी उखु आदिले अध्र्य दिई पूजा गरिन्छ । यसलाई साँझको अर्घ भन्ने गरिन्छ । भोलीपल्ट पनि पहिलेको नै उपकर्म गरि उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । त्यसलाई पारण भन्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












