अफिस गएको पहिलो दिननै हाकिमकाे सेक्स प्रस्ताव, अस्विकार गर्दा के भयो

एजेन्सी, १२ कात्तिक । क्यालिफोर्नियाको सिलिकन भ्यालीमा महिलामाथि कार्यक्षेत्रमै यौन दुव्र्यवहार भएको गुनासो बढेपछि ट्याक्सीनिर्माता कम्पनी उबरले तत्कालै अनुसन्धान गर्ने जनाएको छ । कार्यालयभित्रै महिलामाथि यौन दुव्र्यवहार भएको गुनासो बढेपछि सो कम्पनीले अनुसन्धान गर्ने जनाएको हो ।
कम्पनीकी एक पूर्व सफ्टवेयर इन्जिनियरले दुव्र्यवहारबारे खुलासा गरेपछि सो कम्पनीले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको हो । सफ्टवेयर इन्जिनियर सुसन फउलेरलले कार्यालय पुगेको पहिलो दिनमै प्रबन्धकले सेक्स गर्ने प्रयत्न गरेको एउटा ब्लगमा उल्लेख गरेकी थिइन् । सुसनका अनुसार यौनसम्बन्ध राख्न अनुरोध प्रबन्धकले अश्लील सन्देश पठाएका थिए । प्रबन्धकको व्यवहार सिलिकन भ्यालीमा पकड जमाएको सो कम्पनीमाथिकै ठूलो झट्का थियो ।
सो कम्पनीमा काम गर्ने अन्य महिलाले पनि आफूहरूमाथि यौन दुव्र्यवहार भएको बताएपछि सुसनको दाबी सत्य भएको एक सर्वेक्षणमा खुलासा भएको छ । सर्वेक्षणअनुसार सिलिकन भ्यालीमा काम गर्ने महिलामध्ये ६० प्रतिशतमाथि दुव्र्यवहार भएको थियो ।
इलिफेन्ट इन द भ्याली नामक सर्वेक्षणमा सहभागी दुई सय २० महिलामध्ये ८७ जनाले आफूलाई सहकर्मीले तुच्छ टिप्पणी गरेको बताएका थिए । सहभागीमध्ये ४० प्रतिशतले आफूहरूमाथि कार्यालयमा दुव्र्यवहार भएको तर करिअर बिग्रने डरले सार्वजनिक नगरेको बताएका थिए । ‘कामको सुरुवातमै मलाई नियुक्त गर्ने कर्मचारीले यौन प्रस्ताव राखे,’ सहभागी एक युवतीले भनिन् ।
कार्यालयका हाकिमले आफूसँग यौनसम्बन्ध राखे बढुवा गर्ने आश्वासन दिएको अर्की एक युवतीले बताएकी थिइन् । कार्यालयका सिइओले बारम्बार यौन प्रस्ताव गरेको अर्की सहभागीले बताएकी थिइन् । ‘मैले उसको प्रस्ताव अस्वीकार गरेपछि सिइओले मलाई काम गर्न असहयोग गरे,’ उनले भनिन् ।
लैंगिक विभेद गरेको भन्दै रिडिटका पूर्वसिइओ इलेन पाओले उजुरी गरेपछि कम्पनीमा कार्यरत महिला कर्मचारीमाथि सर्वेक्षण गरिएको थियो । पीडितहरूले सार्वजनिक रूपमा आफ्नै मुखबाट धेरै कुरा नखोलेकाले युवतीमाथि भएको दुव्र्यवहारबारे आकलन गर्न जटिल हुने सर्वेक्षणमा उल्लेख छ ।
कार्यकक्षमा यौन दुव्र्यवहारका घटना विश्वव्यापी रूपमा देखिन्छ । केही वर्षपहिले अमेरिकामा गरिएको एक अध्ययनमा ४१ प्रतिशत महिलामाथि दुव्र्यवहार हुने गरेको जनाइएको थियो । त्यस्तै, राष्ट्रसंघले गरेको अर्को एउटा अध्ययनमा युरोपेली मुलुकका ४० देखि ५० प्रतिशत महिलामाथि यौन दुव्र्यवहार हुने गर्छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












