कपाललाई सिधा पार्ने ६ प्राकृतिक उपाय
काठमाडौँ, २९ मंसिर । सिधा कपालको फेसन फेरि फर्केर आएको छ । कपाललाई सिधा गर्ने उत्पादनहरुको माग बढिरहेको छ तर कपाललाई सिधा गर्नका लागि जुन केमिकल्सको प्रयोग गरिन्छ त्यसले कपालको स्वास्थयमा निकै नराम्रो प्रभाव पर्ने गर्दछ । त्यसकारण कपाललाई सिधा गर्नका लागि प्राकृतिक उत्पादनहरुको आवश्यकता भएको महसुस भएको छ । तपाईंको किचनमा त्यस्ता थुप्रै उत्पादनहरु हुन्छन् जसको नियमित प्रयोग गरेर आफ्नो कपाललाई नरम र सिधा बनाउन सक्नुहुन्छ । आउनुहोस्, यस्ता प्राकृतिक उत्पादनको बारेमा जानकारी पाऔँ ।
१. नरिवलको दुध र कागतीको रसको मिश्रणः
नरिवलबाट दुध निकाल्नका लागि सबैभन्दा पहिले काँचो नरिवललाई बेस्सरी निचोर्नुहोस् । नरिवलको दुधमा कपाललाई सिधा गर्ने गुण हुन्छ । तर यदि तपाईं यसमा कागती पनि मिसाउनुहुन्छ भने परिणाम अझ राम्रो हुने गर्दछ । यो मिश्रणलाई केहि घण्टाका लागि फ्रिजमा राख्नुहोस् । यो मिश्रणको माथिल्लो भागमा क्रिम तर बसेको हुन्छ । यो क्रिमलाई आफ्नो कपालमा लगाउनुहोस् र कपाललाई न्यानो रुमालले बेर्नुहोस् । एक घण्टासम्म प्रतिक्षा गर्नुहोस् त्यसपछि कपाललाई एउटा माइल्ड स्याम्पुले धुनुहोस् । सुकिसकेपछि तपाईंको कपाल नरम हुनेछ । यस प्रकार तपाईं आफ्नो रुखो कपाललाई व्यस्थित गर्नसक्नुहुन्छ ।
२. नियमित मनतातो तेलको मालिसः
धेरै मानिसहरुलाई थाहा नहोला कि नियमित रुपमा मनतातो तेलको मालिसले पनि कपाललाई नरम र सिधा बनाउने गर्दछ । नरिवलको तेलमा अलिभ ओइल मिसाउनुहोस् । केहि दिन पछि ओलिभ आइलको सट्टामा बदामको तेल मिसाएर पनि प्रयोग गर्नुहोस् । कपालमा र टाउकोको छालामा यी मिश्रणहरुले मालिस गर्नुहोस् । कपाललाई तातोपानीमा डुबाएको न्यानो रुमालले ढाक्नुहोस् । यसलाई लगभग ४५ मिनेटसम्म यत्तिकै छोड्नुहोस् त्यसपछि स्याम्पुले धुनुहोस् ।
३. प्राकृतिक कन्डिसनिङः
कपाललाई धोइसकेपछि नियमित रुपमा कन्डिसनरको प्रयोग गरेर पनि तपाईंको कपाल नरम र कोमल हुने गर्दछ ।
४. मिल्क स्प्रेः
जब कपाललाई सिधा गर्ने कुरा आउँछ तब त्यसमा दुधले निकै सहयोग पुर्याउँछ । दुधलाई एउटा बोतलमा भर्नुहोस् र त्यसलाई कपालमा छर्कनुहोस् । दुध सुकुञ्जेल लगभग आधा घण्टासम्म प्रतिक्षा गर्नुहोस् । त्यसपछि फेरी कपाललाई श्याम्पुले धुनुहोस् र आफ्नो कपालको नयाँ रुप तपाईंले आफैँ थाहा पाउनुहुन्छ ।
५. दुध र महः
थोरै दुध लिनुहोस् र त्यसमा मह मिसाएर पेस्ट बनाउनुहोस् । अझ बढि प्रभावकारी बनाउनका लागि यो मिश्रणमा स्ट्रबेरी अथवा केरा मिसाउनुहोस् । यसलाई आफ्नो कपालमा लगाउनुहोस् । यसलाई सुक्न केहि समय लाग्नेछ । त्यसकारण लगभग डेढ घण्टासम्म कुर्नुहोस् र त्यसपछि धुनुहोस् ।
६.अण्डा तथा ओलिभ ओइलको सम्मिश्रणः
यी दुबै कपालको हेरचाहको लागि निकै महत्वपूर्ण हुन् । दुईवटा अण्डा फिट्नुहोस् र त्यसमा ओलिभ आइल राम्रो मात्रामा हाल्नुहोस् र उक्त सम्मिश्रणलाई कपालमा लगाउनुहोस् । यसलाई एक घण्टासम्म सुक्न दिनुहोस् र त्यसपछि नुहाउनुहोस् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












