जाडो बाट कसरी जोगिने
काठमाडौँ पुष, २ । जाडो सुरु भइसकोको छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो वातावरणका कारण शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । शरिरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ । वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि संकेत गरेको पाइन्छ । ख्याल नपु¥याउँदा धेरै मानिस चिसोको शिकार हुने गरेका छन् ।
जाडो मौसममा हुने रोगहरु
मौसमी फ्लू स् तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष अशर हाम्रो शरिरमा हुन्छ । चिसोमा शरिरको ताप घट्दा शरिरमा चिसो महशुस हुन्छ । वाह्य वातावरण चिसो हुने भएकाले शरिरमा जतिबेला पनि जाँडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ । कुनै एक व्यक्तिको श्वासप्रश्वास, खोकी हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्छ । संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्छ ।
बच्ने उपायः शरिरले तापक्रम एडजस्ट गर्न नसक्ने भएकाले जाडोमा अत्याधिक चिसो वा तातोमा स्थानमा नबस्न बिज्ञहरु बताउँछन् । एसीमा बसेर बाहिर निस्किदा शरिरले बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न बिज्ञहरु सुझाव दिन्छन् । खोकीः धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम हुने गर्छ । यदि पिनासको समस्या छ भने धुलोबाट बच्नुपर्छ ।
बच्ने उपायः खोकीबाट बच्न खानेकुरामा विशेष बिचार पु¥याउनुपर्छ । नियमित तातोपानी खानुपर्छ । शरिरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा अन्य ड्रिंक्स खानुहुन्न । बाहिर निस्किदा जहिले पनि मास्क लगाउनुपर्छ ।फुस्रो छालाः चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ ।
बच्ने उपायः फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ । टाउको दुख्नेः चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ ।
बच्ने उपायः उनीको टोपी, मफलर लगायतका न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकोले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ ।
जाडोको सामना कसरी गर्ने
हरेक पटक मौसम परिवर्तन हुन्छ । तर, परिर्वर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिर्वर्तित मौसममा एडजस्टमेन्ट हुने बेलामा शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि न्युन हुन्छ र शरिर विभिन्न भाइरस र ब्याक्टेरियाले शरिरमा आक्रमण गर्ने दाउमा हुन्छन् । बिचार नपु¥याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँगसम्बन्धी विभिन्न रोग लाग्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने
कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ । प्रतिरोधात्मक क्षमता बलियो भएमा चिसोजन्य रोगको संक्रमणबाट मात्र बचाउँदैन अन्य गम्भीर रोग निम्तिनबाट पनि बच्न सकिन्छ । राम्रो र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सकिन्छ । सन्तुलित खानाले मानिसलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ । जाडोमा पर्याप्त आराम गर्दा र बेला–बेला घाम ताप्दा राम्रो हुन्छ ।
अनुहारको छाला जोगाउने
चिसो र सुख्खा मौसमले छालालाई सुख्खा बनाउँछ । सुख्खा छाला फुट्ने गर्छ । तसर्थ जाडोको समयमा प्रशस्त पानी पिउनुपर्छ र मोश्चराइजर क्रिम लगाउनुपर्छ । एभोकाडो, जैतुन र नरिवलको तेलले छालालाई शितल र मुलायम बनाउँछ ।
पर्याप्त पोषण
प्रशस्त पोषणले पनि तपार्इंको स्वास्थ्य र छालाको स्याहार गर्छ । भिटामिन सीले प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । भिटामिन सीले रुघाखोकीबाट पनि बचाउँछ ।
परिवर्तनका लागि तयार
मौसम परिवर्तनका लागि शरिरलाई तयारी अवस्थामा राख्नुपर्छ । बदलिदो मौसमसँग जुध्न प्रशस्त लत्ताकपडा र खानेकुराको पूर्व व्यबस्था गर्नुहोस । कुन केला कुन खानेकुरा खाने र कुन कपडा लगाउने विषयमा ज्ञान नहुदा धेरै मानिस चिसोको शिकार हुन्छन् । रातको समयमा विशेष ध्यान दिनुहोस । एयर कन्डिसन र अन्य तापसम्बन्धी उपकरण राम्रो अवस्थामा छन वा छैनन भन्ने बारे ध्यान दिनुपर्छ ।
जाडो मौसममा देखिने अन्य समस्या
१ ह्दयघातः हामीमध्ये अधिकांशलाई यो थाहा नहुन सक्छ, जाडोमा धेरै मानिसलाई ह्यदघात हुने गर्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । यही जोखिमका कारण विज्ञहरुले मोटा र बृद्धबृद्धालाई जाडो मौसममा मर्निङ वाक गर्न सुझाब दिँदैनन् ।
२ दम बढ्छः जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो । चिसो र सुख्खा हावाले श्वासनलीलाई साँघुरो पारी श्वास फेर्न कठिनाई उत्पन्न गर्छ । तसर्थ जाडो भयो भनेर घरमा अनावश्यक आगो वा धुवाँ नबाल्नुहोस् ।
३ जोर्नी दुख्छः जाडोमा जोर्नी दुख्नुको कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन । तर, अधिकांश मानिस यस समस्याबाट जाडोमा पीडित हुने गर्छन् । जोर्नी दुख्ने समस्याबाट बच्न पैतलालाई न्यानो बनाउनुपर्छ । एउटा बाक्लो लुगा लगाउन भन्दा पातला दुई वा सो भन्दा बढी कपडा लगाउनु उपयुक्त मानिन्छ । यसले जोर्नीलाई चिसो हुनबाट बचाउछ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












