उडिरहेकै विमानभित्र पाइलट र को–पाइलटबीच विवाद भएपछि…
एजेन्सी, २० पुस । जेट एयरवेजको एउटा विमानमा पाइलट र को–पाइलटबीच उडानकै समयमा विवाद भएको छ । विवाद बढेपछि को–पाइलट रुँदै ककपिटबाट बाहिर निस्किएकी छन् । नयाँ वर्षको पहिलो दिन अर्थात् १ जनवरीमा लन्डनबाट मुम्बईतर्फ आउँदै गरेको विमानमा सो घटना भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
सो विमानमा पाइलट र महिला को–पाइलटबीच उडानकै समयमा विवाद भएको बताइन्छ । ती दुवै ‘लिभ–इन रिलेशनसिप’ मा रहेको समाचार एजेन्सीहरुको भनाइ छ । विवादकै बीच पाइलटले को–पाइलटलाई थप्पड हानेपछि रुँदै ककपिटबाट को–पाइलट बाहिर निस्किएकी थिइन् ।
विमानमा सवार यात्रुका अनुसार बारम्बार पाइलटले संकेत गर्दै को–पाइलटलाई ककपिटमा बोलाएका थिए । तर को–पाइलटले ककपिटमा नबस्ने अडान लिएपछि यात्रुसमेत चकित भएका थिए । केहीबेरमा पाइलट स्वयं ककपिटबाट बाहिर आएर को–पाइलटलाई मनाउने प्रयास गरेका थिए ।
तर को–पाइलटले जान नमानेपछि यात्रुले सम्झाइ–बुझाइ उनलाई भित्र पठाएका थिए । केहीबेर पछि पुनः ती महिला को–पाइलट बाहिर निस्किएकी थिइन् । त्यसपछि केबिन क्रु र यात्रु मिलेर उनलाई फेरि विमान गन्तव्यसम्म पु¥याउन मद्दतका लागि मनाएका थिए ।
सो घटनाबारे भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) लाई जानकारी गराइएको बताइएको छ । सो घटनाबारे डीजीसीएले आन्तरिक छानविनको आदेश दिएको छ । तत्कालका लागि पाइटलको लाइसेन्स निलम्बन गरिएको छ भने महिला को–पाइलटलाई ‘ग्राउन्ड अट्याच’ गरिएको छ ।
जेट एयरवेजले घटनाको पुष्टि गर्दै भनेको छ, ‘जेट एयरका लागि यात्री, चालक दल र विमानको सुरक्षा अहम् विषय हो । यसमा पूण प्रतिबद्ध नहुने कर्मचारीविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।’
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












