विश्वका केही अनौठा यौनकाण्ड, गर्नेलाई भन्दा देख्नेलाई लाज
एजेन्सी, २८ पुस । सेक्न प्राकृतिक रुपमै दिईएको एक अद्धितिय शक्ति हो । यसको लागि फरक फरक लिंगी वा समान लिंगी एक अर्काको नजिक हुनुपर्छ । यसलाई खुल्लमखुल्ला गरिदैंन् । केही पश्चिमा मुलुकहरु यसप्रति निकै उदार देखिएपनि हाम्रो जस्ता देशमा यसलाई अझै निकै गोप्य राख्ने गरिन्छ । कुनै युवक र युवतीबीच सेक्स भईरहेको कसैले दुख्न हुँदैन् वा देखाउनु हुँदैन् ।
यौनका विषयमा महिला पुरुषहरु कहिले काही निकै आवेगमा पनि आउने गर्छन् । यस्तो बेला उनीहरु केवल सेक्सलाई मात्रै देख्छन् भने अन्य वातावरणको वास्तै गर्दैनन् । जसले गर्दा पछि उनीहरु आफैं लज्जाबोध हुनुपरिरहेको हुन्छ । आज हामी तपाईलाई यस्तै केही चर्चित यौनकाण्डको विषयमा जानकारी दिनगईरहेका छौंः
१. अदालतमा न्यायाधीशको चर्तिकलाः
१० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको थियो ।
२. सिसी क्यामेराअघिः
पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि पक्राउ परेका थिए । उनीहरू सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नुभन्दा पनि उनीहरूको गतिविधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी पक्राउ परेपछि उक्त घटनाको अझ बढी चर्चा भएको थियो ।
३. प्रहरीको भ्यानमै अडेसा लागेरः
नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा केही खानेकुरा खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो । त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरीभ्यानको बनौटलाई नै ओछ्यान बनाए । प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे पक्राउ गर्न अनुमति दिँदैन ।
४. दरबारको बगैंचामाः
सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी पक्राउ परे । उनीहरू पक्राउ पर्नुको कारण अनैतिक रूपमा सार्वजनिक स्थलमा यौनक्रियामा संलग्न हुनु भएको बताइयो । दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा नग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ ।
५. बैंकमाः
मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् । उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बेहोस भएकी थिइन् ।
६. ककपिट पनि छोडेनन्ः
सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दोषी पाइलटलाई ठहर्याइयो । जहाजको ककपिटमै यौनकार्य गर्ने हुँदा विमान दुर्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौनसम्बन्धी कार्यमा मोडिएको हुँदा दुर्घटना भएको रिपोर्ट दिएको थियो ।
७. पवित्र मानिने चर्चमैः
चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभैदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो । यस्तै घटना इटालीको सेनसेनास्थित एउटा चर्चमा घटेको थियो । बिहान प्रार्थना भैरहेका बेला ‘आत्मआलोचना गर्ने स्थान’ बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।
८. आवेगमा आएपछि एटीएम बुथ देखेः
स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण नग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...